Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२०:१० बिहान
- ADVERTISEMENT -

घातक वायु प्रदूषणले शिशुको जन्ममा असर

प्रकाशित मिति: २०७८ असोज १५, शुक्रबार

304
Shares

काठमाडौं । मानव स्वास्थ्यका लागि घातक वायु प्रदूषणले शिशुको जन्ममा नै असर गरिरहेको एक अध्ययनले देखाएको छ ।

२८ सेप्टेम्बरमा ‘जर्नल प्लोस मेडिसिन’प्रकाशित अध्ययन अनुसार विश्वमा हरेक वर्ष ५९ लाख शिशुको जन्म वायु प्रदूषणका कारण समय अगावै जन्म हुने गरेको छ ।

वायु प्रदूषणका कारण करिब २८ लाख नवजात शिशुको तौल नै औसतभन्दा कम रहेको पाइएको छ । एक सामान्य नवजात शिशुको तौल जन्मिदा औसतमा साढे दुई किलो वा त्योभन्दा बढी हुन्छ । तर, वायु प्रदूषणका कारण गर्भमै असर गर्दा तौल अझ कम भइरहेको अध्ययनले देखाएको हो ।

यो अध्ययनमा शोधकर्ताले घरभित्र र घरबाहिरको प्रदूषणको प्रभाव विश्लेषण गरेका छन् । ग्लोबल बर्डन अफ डिजिजको सन् २०१९ काे आँकडा अनुसार पाँच वर्षभन्दा कम उमेरमै हुने मृत्युदरमा ३४ प्रतिशत कारक कम तौल जिम्मेवार छ । जबकि, यही आयुका करिब २९ प्रतिशत बालबालिकाको मृत्युको कारकमा औसत समयभन्दा अगाडि नै जन्म लिनु रहेको छ ।

यो पहिलो अध्ययन हो, जसमा सोधकर्ताले विश्वस्तरमा वायु प्रदूषण र गर्भावस्थासँग जोडिएका विषयमा परेको असरबारे अध्ययन गरेका छन् । जसमा जन्मदा बखत गर्भस्थ शिशुको आयु, जन्मदा कम तौल र औसतभन्दा अगाडि नै जन्मनु समावेश गरिएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार वायु प्रदूषणको समस्या यति गम्भीर भइसकेको छ, कि विश्वमा करिब ९० प्रतिशत जनसंख्या प्रदूषित हावामा श्वास लिन बाध्य छ । त्यसैले वायु प्रदूषणलाई ‘साइलेन्स किलर’ पनि भन्ने गरिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -