गोरखा, शुक्रबार, १५ असोज २०७८ । नेपाली काँग्रेसको १४ औ महाधिवेशन प्रतिनिधिमा अब्दुल सत्तारले उमेद्वारी घोषणा गर्नु भएको छ ।
नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्तर्गत वडा अधिबेशन, पालिका स्तरीय अधिबेशन र प्रदेशस्तरिय अधिबेशन सफलतापुर्बक सम्पन्न भएपछि गोरखा क्षेत्र नं २ नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा अब्दुल सत्तारले उमेद्वारी घोषणा गर्नु भएको हो।
नेपाल मुस्लिम संघका अध्यक्ष समेत रहनु भएका सत्तार पार्टी भित्र बैचारिक क्षमता, पारदर्शी नेतृत्व स्थापित गर्नका साथै सुदृढ, सु-संगठित र बलियो कांग्रेस निर्माणका लागि सदैव क्रियाशील रहदै आउनु भएका गोरखाली युवाको ढुकढुकी, समाजसेवी, ईमान्दार, सक्षम , गोरखाली जनताको मनमुटुमा बस्न सफल तथा कुशल राजनीतिज्ञ महाधिवेशन प्रतिनिधिमा अब्दुल सत्तारले उमेद्वारी धोषणा गर्नु भएको हो ।








































