Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:३४:०९ बिहान
- ADVERTISEMENT -

उत्कृष्ट पर्यटन गन्तव्यको विकासमा जुट्दै भीरकोट

प्रकाशित मिति: २०७८ असोज १३, बुधबार

434
Shares

स्याङ्जा, १३ असोज २०७८ । प्रकृतिसँग नरमाउने मान्छे कमै हुन्छन् । तर मान्छे सबै प्रकृतिसँग समान रुपमा रमाउन सक्दैन् । विविधताले भरिएको भूगोलका केही भागहरु मात्रै मनमोहक र रमणीय लाग्छन् मान्छेलाई । किनकी हर मान्छेका भावना र विचारहरु अलग–अलग प्रकारका हुन्छन् । अनौठो, एतिहासिक, कलात्मकता, दृष्यावलोकन, विविधता, आदि विविध विशेषताहरुले गर्दा कुनै भूगोल विशेष गन्तव्य बन्न पुग्छ । त्यस्तै जाति, धर्म, संस्कृति, परम्परा, सभ्यता, आदि विशेषताहरुको कारण समुदाय अध्ययन अनुसन्धान एवं गन्तव्यमूलक बन्न पुगेको हुन्छ ।

स्याङ्जा जिल्लाको बीच भागमा अवस्थित भीरकोट नगरपालिकाका केही भूगोल र समुदायहरु विस्तारै पर्यटन क्षेत्रको रुपमा विकास हुन थालेका छन् । पालिका प्रमुख छायाराम खनालले सम्भावित पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर नीति निर्माण र कार्यक्रमलाई अगाडि बढाएका छन् । जसले गर्दा अबको केही समयमा भीरकोट विकासको एउटा महत्वपुर्ण भाग पर्यटन क्षेत्र हुने निश्चित देखिएको छ ।

भीरकोट नगरपालिका वडा नं. ५ मा अवस्थित स्वरेक मैदान प्राकृतिक रुपमा नै मनमोहक भौगोलिक स्वरुपमा निर्माण भएको छ । सो क्षेत्र ३ सय रोपनी भन्दा धेरै क्षेत्रफलमा फैलिएको र समुन्द्री सतहबाट करिब १६ सय मिटरको उचाइमा अवस्थित रहेको छ । सिद्धार्थ राजमार्गमा पर्ने बयरघारी बजारबाट पश्चिम दिशातर्फ ९ किलोमिटरको दुरीमा रहेको मैदानमा हर मान्छेको मन प्रफुल्ल पार्न सक्ने अनेकन प्रकारका विशेषताहरु भरिएका छन् । उत्कृष्ट तस्विर, मनोरम दृष्यावलोकन, उत्कृष्ट हावापानी, प्याराग्लाईडिङ यस क्षेत्रका खास विशेषता हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -