गोरखा, बुधबार, १३ असोज २०७८ । नेपाली कां’ग्रेसको क्षेत्र नम्बर २ प्रदेश ‘क’ को सभापतिमा दिर्घमान गुरुङ (नारायण) बिजयी हुनु भएको छ । उहाँले १ सय ७९ मत प्राप्त गर्नु भएको थियो भने उहाँको निकटतम प्रतिद्धन्द्धी भानुभक्त थापाले १ सय चार मत प्राप्त गर्नु भएको थियो ।
उप सभापति पदमा १ सय ९० मत प्राप्त गरेर कमलादेवी देबकोटा र १ सय ७७ मतका साथ केदारनाथ देबकोटा निर्वाचित हुनु भयो । सचिव पदमा सबैभन्दा धेरै २ सय २४ मत पाएर सुरज श्रेष्ठ र एक सय ७९ मतले प्रसान्त देबकोटा बिजयी बन्न सफल हुनु भयो ।
सह सचिव पदमा १ सय ६७ मत पाएर सुजना पन्त र १ सय ३६ मतले किरण आले बिजयी दण्डि मत गणना आज बिहान मात्र सकिएको हो ।








































