Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२९:१२ बिहान
- ADVERTISEMENT -

‘बा, हाम्रो घरको धारामा किन पानी नआएको ?’

प्रकाशित मिति: २०७८ असोज १२, मंगलबार

456
Shares

काठमार्डौँ, १२ असोज २०७८ । चिटिक्क परेको सिमेन्टेड पानीको धारा छ तर पानी आउँदैन । धाराको टुटीबाट पानी चुहिन छाडेको दुई वर्ष भयो । गाउँका मानिसहरू धाराको टुटी हेर्दै हरेक दिन २ घण्टा लगाएर पानी लिन जान्छन् ।

गाउँमा सडक बन्यो । हर्न बजाउँदै गाडी आयो । तर, धारामा पानी आएन । खानेपानीको अभावले गाउँ नै छाडेर हिँड्नुपर्ने विकल्पबारे सोच्न थालेका छन् स्थानीय ।

रामेछापको खाँडादेवी गाउँपालिकाको माकादुमका–११ वर्षीय स्वर्णिम तामाङ त्यही धाराको टुटीमा झुन्डिएर खेल्थे । धारामा पानी आउन छाडेपछि हरेक दिनजसो स्वर्णिम बालाई सोध्छन्, ‘बा हाम्रो धारामा किन पानी नआएको ?’ प्रेम तामाङ छोराको प्रश्न सुन्छन् र पानीको मुहानै सुकेको जवाफ दिन्छन् ।

स्वर्णिम त्यतिमै रोकिँदैनन् । उनी फेरि प्रश्न गर्छन्, ‘किन मुहान सुकेको ?’ त्यसको जवाफ दिन नसक्दा उनका बाबु हैरान छन् । उनको बुझाइमा पानीको मुहान सुक्नुमा स्थानीय देवी रिसाएकी छन् । छोरा त्यतिमै रोकिँदैनन् । अर्को प्रश्न गर्छन्, ‘देवी किन रिसाएको त ?’ बालाई दिक्क लाग्छ । ‘चुप लाग जा खेल्न’ भन्दै गाग्री बोकेर पानी लिन जान्छन् ।

खाँडादेवी गाउँपालिका–६ माकादुमका स्थानीयले यो समस्या भोगेको अहिले दुई वर्ष भइसक्यो । पछिल्लो पाँच वर्षदेखि धारामा पानी कम आउने थालेको थियो । दुई वर्षदेखि भने उनीहरूको धारामा पानी आउनै छाड्यो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -