गोरखा, आइतबार, १० असोज २०७८ । नेपाली कां’ग्रेस सिरानचोक गाउँपालिका सभापतिमा भक्तबहादुर गुरुङ निर्वाचित हुनु भएको छ । कडा प्रतिस्पर्धाकाबीच शनिबार सम्पन्न अधिवेशनमा मतदान प्रक्रियाबाट गुरुङ विजयी हुनु भएको हो ।
गाउँ कार्यसमितिको उप-सभापतिहरुमा सुकमान गुरुङ र सरोज ढकाल सर्वसम्मत चयन हुनु भएको छ । साथै, सचिवहरुमा बलराम थापा र जगदीश ढकाल सर्वसम्मत चयन हुनु भएको छ ।
कूल सदर मत एक सय ३० मध्य ६८ मत प्राप्त गरी गुरुङ विजयी हुनु भएको हो । निकटत्तम प्रतिद्वन्द्वी ज्ञानेन्द्र गुरुङले ६२ मत प्राप्त गर्नु भएको थियो । २३ मत भने बदर भएको थियो ।








































