गोरखा, शनिबार, ९ असोज २०७८ । नेपाली कां’ग्रेस भिमसेन थापा गाउँपालिका सभापतिमा नारायण भट्टराई निर्वाचित हुनु भएको छ ।
आज शनिबार सम्पन्न अधिवेशनमा मतदान प्रक्रियाबाट भट्टराई विजयी हुनु भएको हो ।
सभापतिको लागि वडा न २ का वडा अध्यक्ष नारायण प्रसाद भट्टराई र दिनेश (लक्ष्मण) नरालबिच प्रतिस्पर्धा भएको थियो ।
कूल १ सय ६४ मत रहेकोमध्य भट्टराईले १ सय ९ मत प्राप्त गर्नु भएको थियो । उहाँका निकटत्तम प्रतिद्वन्द्वी दिनेश (लक्ष्मण) नरालले ५२ मत प्राप्त गर्नु भएको थियो । जसमा ३ मत बदर भएको थियो ।








































