Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४२:२६ बिहान
- ADVERTISEMENT -

अछामका १० स्थानीय तहमा आज कां’ग्रेस अधिवेशन

प्रकाशित मिति: २०७८ असोज ९, शनिबार

402
Shares

अछाम, शनिबार, ९ असोज २०७८ । नेपाली कां’ग्रेसको १४औं महाधिवेशन अन्तर्गत शनिबार अछामका १० स्थानीय तहमा पालिका अधिवेशन हुने भएको छ ।

९१ वडा अधिवेशन र क्षेत्रीय प्रतिनिधि छनोट गरिसकेका कारण १० वटै स्थानीय तहका पालिकामा अधिवेशन हुन लागेको नेपाली कां’ग्रेस अछामका सचिव भरत कुमालले जानकारी दिए ।

उनका अनुसार ढकारी गाउँपालिकाका अध्यक्ष धनबहादुर बुढा गाउँ कार्यसमितिको सभापतिमा निर्विरोध चयन भएका छन् । मंगलसैन नगरपालिकामा झपट रावल र कमलबजार नगरपालिकाकामा पदम भण्डारी निर्विरोध चयन भइसकेको पार्टी सचिव कुमालले जानकारी दिए ।

पन्चदेवल विनायक नगरपालिका र तुर्माखाँद गाउँपालिकामा निर्विरोध सभापति चयन लागि प्रयास भइरहेको छ । यता क्षेत्र नम्बर १ का कुनै पनि पालिकामा अहिलेसम्म सहमति जुट्न सकेको छैन ।

यता साँफेबगर नगरपालिकाको नगर सभापतिको लागि त्रिपुरा सुन्दरी बहुमुखी क्याम्पसका स्ववियु सभापति भीमबहादुर कुँवर, लाल बहादुर कुँवर, चेतमान विक्रम शाह, सेतमान कुँवर प्रतिस्पर्धामा छन् ।

यस्तै चौरपाटी गाउँपालिकामा वर्तमान सभापति गणेश शाह र धर्म साउद चुनावी प्रतिस्पर्धामा छन् । मेल्लेख, रामारोशन, वान्नीगढी गाउँपालिकामा नेतृत्व सर्वसम्मत रूपमा चयनको लागि छलफल भइरहेको नेपाली कांग्रेस अछामले जानकारी दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -