Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१९:३९ बिहान
- ADVERTISEMENT -

वैशाखसम्म सबैलाई काेराेनाविरुद्धकाे खाेप लगाइसक्ने याेजना

प्रकाशित मिति: २०७८ असोज ७, बिहीबार

351
Shares

काठमाडौँ, ७ असोज २०७८ । प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको खाेप लगाइसक्ने सरकारको योजना रहेको बताउनुभएको छ । आज बिहीवार हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।

उहाँले कोरोना महामारीको खतरनाक रूप नेपालमा आएको तर यसबारे अझै कतिपय मानिसलाई जानकारी नभएकोमा दुःखेसो गर्नुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘अघि वासुदेव वर्माजीले भन्नुभयो, उहाँलाई कोरोना भएछ, उहाँको बुबाको कोरोनाको कारण निधन भएछ, बहुत दुःख लाग्यो मलाई, कपिलवस्तुमा अहिले पनि त्यस्तै स्थिति छ कि, के छ त्यहाँ मैले अक्सिजन नपाएर मरेको सुन्दाखेरि त, अत्यन्तै दुखित भएको छ । म आजै बुझेर अक्सिजनको व्यवस्था मिलाउने प्रबन्ध गर्ने विश्वास दिलाउन चाहन्छु । मैले भ्याक्सिन भ्याक्सिन भनेको थिएँ, नेपालभर नै छिटै नै भ्याक्सिनको व्यवस्था पूरा हुँदैछ, मलाई लाग्छ वैशाखसम्म सबैलाई भ्याक्सिन लगाइसक्ने हाम्रो योजना छ । अहिले कोभिडकाे खतरनाक रूप नेपालमा आएको छ, धेरै मान्छेहरु मरेका छन्, कतिपयलाई कति खतरनाक छ भन्ने कुरो ज्ञान पनि छैन, यसलाई कम गर्नका लागि हामी अवश्य नै काम गर्नेछौँ ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालको पत्रकारिता जगतलाई सुरक्षित गर्दै थप विकसित, व्यावसायिक र समृद्ध बनाउने काममा लाग्न सरकार तयार रहेको बताउनुभयो । उहाँले नेपालमा प्रेस स्वतन्त्रता रहेको भन्दै सम्पूर्ण सञ्चारमाध्यम खोजमूलक र सत्यमा आधारित भएर स्वतन्त्र रहनुपर्ने सरकारको चाहना रहेको बताउनुभयो ।

उहाँले नेपाल टेलिभिजन सरकारको टेलिभिजन भएकाले विभिन्न सांस्कृतिक, ऐतिहासिक कार्यक्रम सञ्चालन गर्नुपर्ने भन्दै उमेर समूहलाई ध्यानमा राखेर कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले नेपाल टेलिभिजन सरकारको भएकोले सरकारको मात्रै गुणगान गाउने कतिपयलाई लागेकाले त्यो काम हट्नुपर्ने बताउनुभयो । उहाँले सरकारको टेलिभिजन भए पनि सबैलाई निष्पक्ष रूपले हेर्नुपर्ने बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -