काठमाडौँ, बिहिबार, ७ असोज २०७८ । नागार्जुन नगरपालिका वडा नं १ का सुल्तान मियाँ काठमाडौं उपत्यकाकै नेपाली कां’ग्रेसका कान्छो क्षेत्रीय प्रतिनिधि रुपमा स्थापित भएका छन् । १८ वर्षको उमेरमा मियाँ नेपाली कां’ग्रेसका क्षेत्रीय प्रतिनिधि हुन् सफल भएका हुन् ।
मियाँ नेपाल विद्यार्थी संघमा विगत केही वर्षयता सक्रिय रुपमा जिम्मेवारी निर्वाह गर्दै आएका विद्यार्थी नेता समेत हुन् ।
असोज ५ गते सम्पन्न नागार्जुन नगरपालिकाको वडा अधिवेशनबाट मियाँ नागार्जुन–१ का कां’ग्रेसका क्षेत्रीय प्रतिनिधिमा चयन भएका हुन् ।
युवाहरुले देश हाक्नुपर्छ भन्ने मान्यताकहा साथ मियाँ राजनीतिमा प्रवेश गरेको बताउनुहुन्छ ।









































