Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१८:१६ बिहान
- ADVERTISEMENT -

पर्यटक अनअराइभल भिषा अध्यागमन विभागले दिन शुरु

प्रकाशित मिति: २०७८ असोज ७, बिहीबार

468
Shares

काठमाडौं, बिहिबार, ७ असोज २०७८ । कोरोना महामारीका कारण २०७८ जेठ ६ गते देखि बन्द भएको पर्यटक अनअराइभल भिषा अध्यागमन विभागले विहीबारदेखि दिन शुरु गरेको छ ।

विभाग अन्तर्गतका नौ वटा प्रवेश तथा प्रस्थान बिन्दु (अध्यागमन कार्यालयहरु) बाट पर्यटकलाई आगमन पश्चात दिने अनअराइभल भिषा दिन शुरु गरिएको प्रवक्ता झंकनाथ ढकालले जानकारी दिनुभयो ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भिषा खुल्ला गर्ने निर्णय गरेपछि विभागले विहीबारदेखि सेवा पुनः शुरु गरेको उहाँले बताउनुभयो ।

यस अघिसम्म विभागले नेपाल प्रवेश गर्ने विदेशी नागरिकले सम्बन्धित देशबाट भिषा लगाए पछि मात्र स्वास्थ्य मापदण्ड पूरा गरी प्रवेश दिने गर्दे आएको थियो । नेपाली मुलका विदेशी नागरिक र विरामी, बालबालिका लगायतलाई प्रवेश गर्दा पूर्ण डोज खोप लगाएको हुनु पर्ने प्रवेश गर्दा पिसिआर जाँच गरी कोरोना नेगेटिभ भएपछि १० दिनको होम क्वारेन्टीन बस्ने गरी प्रवेश दिने गरेको जनाएको छ ।

विभागले हवाई उडानबाट नेपाल प्रवेश गर्नेको लागि अध्यागमन कार्यालय, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल मार्फत आवश्यक ब्यवस्था मिलाउने र अन्य नाकाबाट नेपाल प्रवेश गर्ने बिदेशीको हकमा सीमा क्षेत्रमा स्थापित अध्यागमन कार्यालयहरुले पर्यटक भिषा जारी गर्ने ब्यवस्था मिलाउने विभागले जनाएको छ । भिषा दिन शुरु गरेसँगै पदयात्रा र पर्वतारोहणमा आउने पर्यटकका लागि सहज भएको पर्यटन व्यवसायी टिकाराम गुरुङले बताए ।

पदयात्रामा आउने पर्यटक छोटो समयका लागि आउने र १० दिन क्वारेन्टीन बस्नु पर्ने भएकाले बाध्यताले पर्यटकले यस सिजनको पदयात्रा अधिकांसले रद्द गराएको उहाँले बताउनुभयो । यो निर्णयसँगै पर्यटकको आगमनमा थप बृद्धि हुने विश्वास रहेको उहाँको भनाई छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -