काठमाडौं, शनिबार, २ असोज २०७८ । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपालस्थित उनीहरूका परिवारका लागि कामना सेवा विकास बैंकले एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ । सात प्रतिशतको उच्चतम व्याजदरसहितको खातामा पहिलो वर्ष निःशुल्क मोबाइल तथा इन्टरनेट बंैकिङ सुविधा रहेको छ ।
विदेशमा रहेका नेपाली नागरिकले रेमिट्यान्स तथा बैंकिङ प्रणालीबाट नेपालमा परिवारलाई पठाएको रकम उक्त खातामा जम्मा गर्न सकिने बैंकले जनाएको छ । साथै खातामार्फत् खोलिने मुद्धती निक्षेपमा ०.५ प्रतिशत थप व्याज पाइनेछ भने खाता अनलाइनबाटै खोल्न पनि सकिनेछ ।
काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न क्षेत्रमा एक सय २९ शाखा, एक विस्तारित शाखालगायत ७६ वटा एटीएममार्फत् सेवा प्रदान गर्दै आएको जनाएको छ ।









































