अर्घाखाँची । नेपाली काँग्रेस अर्घाखाँचीकाे सभापतिमा युवानेता केशव श्रेष्ठले उम्मेदवारी घाेषणाा गरेसँगै अर्घाखाँचीका काँग्रेसहरू उत्साहित भएका छन् ।
४७ वर्षिय युवानेता श्रेष्ठ काँग्रेसको १३ औँ महाधिवेशनमा अत्यधिक मतका साथ माहासमिति सदस्यमा विजयी भएका थिए ।
कांग्रेसको संगठन निर्माण, सबैलाई सम्मान सहित मिलाएर पाटी हाँक्न सक्ने सक्षम युवा नेता श्रेष्ठको चहलपहल ६१ वटै वडामा चलेकाे छ।युवाहरु उन्लाई जिताउन कम्मर कसेर लागेका छन्।।
अग्रजलाई सम्मान गर्दै युवापुस्तालाई सभापति बनाउनुपर्नेमा अर्घाखाँचीका काँग्रेसी नेता कार्यकर्ताहरूकाे भनाइ रहेकाे छ
कांग्रेसको संगठनलाई थप मजबुत गर्न, आउँदै गरेकाे स्थानीय, प्रदेश र संघकाे निर्वाचनमा शक्तिशाली पाटी निर्माण गर्न सभापति बनाउन नेता श्रेष्ठले सबै प्रतिनिधि लाई अपिल गरेका छन् ।
३/४ जना सभापति पदमा आकांक्षी रहेको अर्घाखाँचीमा कांग्रेस हाँक्ने जिम्मेवारीको बाजी कसले मार्ला भनेर यतिबेला चर्चा सुरु भएको छ।।
नेता श्रेष्ठले सन्चारकर्मि संगको भेटमा भने ´मैले नेपाली कांग्रेसको आगामी १४ औँ महाधिवेशनमा जिल्ला सभापतिमा चुनाव लड्नका लागी घोषणा गरिसकेको छु ।’ आम जिल्लाबासीको चाहना अनुसार पुराना नेता र अग्रजहरूलाई सम्मान गर्दै युवाले नेतृत्व लिनुपर्छ भन्ने उद्देश्यका साथ मैले जिल्ला सभापति भई काम गर्ने तयारी गरेको छु।।
बेरोजगार युवाहरूलाई आफ्नै ठाउँमा रोजगारी वा स्वरोजगार उद्यमशीलतामा समाहित गर्नुपर्छ भन्ने मुख्य उद्देश्यका साथ युवाहरूलाई आयमूलक कार्यमा व्यस्त बनाउँदै काँग्रेसको संगठनलाई मजवुद बनाउँने दायित्व रहेको श्रेष्ठले बताए । ‘युवाहरूलाई देशभित्रै राख्न सकेमा आगामी निर्वाचनमा युवाको महत्व बढी हुने भएका कारण प्राथमिकतामा राखेको श्रेष्ठले बताए ।’
सामान्य परिवारमा जन्मेका श्रेष्ठको जीवन नेपाली काङ्ग्रेसमा नै अर्पण गरेका छन भने राजनीति इतिहासमा उन्ले अहिले सम्म कुनै लाभको पद लिएका छैनन अबिबाहित श्रेष्ठ अर्घाखाँची युवाका ढुकढुकी र खरा र सत्य नेताका रुपमा चिनिन्छ।।
नेता श्रेष्ठ भन्छन् ‘राजनीति पाका उमेरकले मात्र गर्नुपर्छ भन्ने कुरा हुँदैन । बिपी कोइराला ४५ वर्षको उमेरमा प्रधानमन्त्री बन्नुभएको थियो । म पनि सानै उमेरदेखि राजनीति र सामाजिक क्षेत्रमा क्रियाशील भएका कारण पनि पार्टीको संगठन चलाउने क्षमता छ । नयाँ प्राविधिक युगसँगै पार्टी सञ्चालन गर्ने तरिका पनि प्रविधिमैत्री हुनुपर्छ । सामाजिक क्षेत्रमा क्रियाशील रहँदा संघसंस्था सञ्चालन गर्ने ज्ञान र अनुभव पनि छ ।
अहिले धेरै युवाहरू राजनीतिमा आउनुभएको छ । यसले भोलिको राजनीतिक संस्कारलाई पनि परिवर्तन गर्न सहयोग गर्ने विश्वास लिर्दै जित सुनिश्चीत रहेको श्रेष्ठको दाबी रहेको छ ।
अर्घाखाँचीमा काँग्रेस सभापति बन्नकाे लागि ४ जना दाैडमा रहेका छन । सभापतिकाे लागि विष्णु मुस्कान, महासमिति सदस्यद्वय यादव घिमिरे र महाधिवेशन प्रतिनिधि ईन्द्रमणी पौडेलले पनि उम्मेदवारी दिने बताएका छन् ।








































