तनहुँ, आसन्न हुन गैरहेको नेपालि कांग्रेस को १४ औ महाधिवेशन तनहुँबासीको सौभाग्य बन्न सक्छ ।
सिद्धान्त भन्दा सत्तामुखी भैरहेको आरोप लागेको कांग्रेसलाई सिद्धान्तमा अधिक रही ज़िल्लाको समग्र बिकास गर्न सक्ने नेतृत्व चयन गर्ने अबसर र चुनौती ज़िल्लाबासी आम नेता कार्यकर्ता को जिम्मेवारी बनेर आएको छ ।
छुट्टै धार्मिक महत्व बोकेको देवघाट ब्यासभूमि , छब्दीबराही , ढोरबराही जस्ता धार्मिकस्थलको थपप्रचार प्रचार तथा विकास भानु , बन्दीपुर , मानुंगडाडॉ , भुजिकोट , रिसिंग घिरिंग , शुक्ला रकगार्डेन जस्ता पर्यटकीय सम्भावना रहेको ठाँउको विकास मिलियनगुफा शुक्ला ,सिद्दगुफा भिमाद जस्ता निकै महत्वपूर्ण पर्यटकिय स्थल को विकास संगै सेती काली मादी मर्स्यांदीं नारायणी जस्ता बहुउपयोगी नदीहरू बाट मनग्य फाइदा लिन सकिंछ ।
भिमाद को बूडाक़ोट फाँट शुक्ला को ललिम घारी ब्यासको साग़े फाँट जस्ता कयौ कृषि उत्पादन गर्नसक्ने उर्वरभूमि पनि धेरै छ । तर, यि सबै कुरा गरिरहदा नेतृत्व मा दाबी गर्ने व्यक्ति हरुको नज़रमा यि कुरा पर्छ कि पर्दैन ?यो क्षेत्र को समग्र विकास गर्ने योजना के छ ? कि केबल मतदान गरेर मात्र नेतृत्व चयन गर्ने प्रक्रिया मात्र अधिवेशन हो ? यि सबै कुराको उत्तर खोजिनु पर्छ केन्द्र मा रामचन्द्र पौडेल प्रदिप पौडेल, शंकर भण्डारी जस्ता प्रभावशाली नेता रहेको तनहुँ भूमिमा सबै नेता कार्यकर्ता मिलाएर समग्र तनहुँ को विकास गर्न सक्ने प्रष्ट खाका बोकि नेतृत्व दाबी गरुन प्रत्येक जनताको दुःख सुख मा संगै रहने संकल्प ग़रून यही छ मेरो चाहना !









































