रूपन्देही, बुधबार, ३० भाद्र २०७८ । एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनावि’रुद्ध प्रदेश सांसद बिमला खत्री वलीले अपहरण तथा श’रीर ब’न्धकमा किटानी जाहेरी दिएकी छन् । पोखरेल मुख्यमन्त्री पदमा रहँदा आफूलाई दाङबाट अपहरण गरी ल्याएर साउन १५ गतेदेखि ५ दिनसम्म बन्धक बनाएको उनको दावी छ ।
वलीले पोखरेलसहित एमाले सचेतक भूमिश्वर ढकाल, दाङका एमाले नेता मानबहादुर राउत र पोखरेलको तत्कालीन सचिवालयका किरण गौतमविरुद्ध किटानी जाहेरी दिएकी हुन् । जाहेरीमा उनले निजहरुलाई अपहरण तथा शरीर बन्धकसम्वन्धी कानूनअनुसार कारवाहीको माग गरेकी छन् ।
सांसद वलीले साउन १५ गतेदेखि ५ दिनसम्म पोखरेल मुख्यमन्त्री रहँदा दाङबाट ल्याएर बन्धक बनाएकोले अ’पहरण तथा श’रीर बन्धकसम्बन्धि कानुनअनुसार कारबाहीको माग गर्दै किटानी जाहेरी दिएकी हुन् । उनले जाहेरी रुपन्देहीमा दर्ता भए पनि घटनाको सुरुवात दाङबाट भएको भन्दै दाङमै पठाइएको प्रहरी स्रोतको भनाइ छ ।








































