Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५९:०३ बिहान
- ADVERTISEMENT -

अछाममा वडा समिति र प्रतिनिधिमा छनौट भएकामा अधिकांश यूवापंक्ति

प्रकाशित मिति: २०७८ भदौ २९, मंगलबार

391
Shares

अछाम, मंगलबार, २९ भाद्र २०७८ । नेपाली काँग्रेसले दश स्थानीय तहका ९१ वटै वडामा सहमतिबाट नयाँ कार्यसमिति चयन गरिएको छ ।

१४ औं महाधिवेशनका क्रममा सबै वडा सभापति र प्रतिनिधि सहमतिकै आधारमा छनौट गरिएको नेपाली काँग्रेस अछामका सहसचिव तथा प्रवक्ता वेदप्रकाश तिमिल्सैनाले जानकारी दिनुभयो ।

तुर्माखाँद गाउँपालिकाका–४ मा खुला सदस्य प्रतिनिधि छनौट बाहेकका सबै वडामा सर्वसम्मत प्रतिनिधि छनौट गरिएको बताइएको छ । कमलबजार नगर र ढकारी गाउँ सभापतिमा सहमतीका आधारमा नेतृत्व चयन गरिएको छ । कमलबजार नगर सभापतिमा पदमबहादुर भण्डारी र ढकारी गाउँ सभापतिमा गाउँपालिका अध्यक्ष धनबहादुर बुढा सर्वसम्मत चयन भएको प्रवक्ता तिमिल्सैनाको भनाइ छ ।

अन्य स्थानीय तह, प्रदेश र जिल्ला कार्यसमितिको अधिवेशनमा सहमति गर्ने बताइएको छ । सहमतिका आधारमा प्रतिनिधि छनौट गरिएपनि जिल्ला कार्यसमिति सदस्य पूर्णबहादुर रावल प्रतिनिधि आउनबाट रोकिएका छन् । खुला सदस्यको मात्र निर्वाचन भएकोमा तुर्माखाँद गाउँपालिका उपाध्यक्ष अमृता बुढा वडामै पराजित भइन् । यस्तै पूर्वसांसद अक्कलबहादुर विष्ट खुलामा आउने अवस्था नभएपछि आरक्षणबाट प्रतिनिधि चयन गरिएको बताइएको छ ।

वडा समिति र प्रतिनिधिमा छनौट भएकामा अधिकांस यूवापंक्ति रहेको बताइएको छ । “पछिल्लो समय यूवाहरुको संख्या जबरजस्त उपस्थिति रहेको छ प्रतिनिधिमा ५० प्रतिशत भन्दा बढी यूवा छनौट भएका छन् ।” प्रवक्ता तिमिल्सैनाको भनाइ छ । सहमतिका आधारमा पुराना र यूवाको मिश्रित कार्यसमिति बनाउँदै जाने काँग्रेस अछामको योजना रहेको छ । मंगलसेन नगरपालिका–११ बा(न्नातोलीमा २२ वर्षीया युवती सर्वसम्मत वडा सभापतिमा चयन भएकी छन् । ९१ वटै वडामा सौहार्द र शान्तिपूर्ण रुपमा वडा अधिवेशन सम्पन्न भएको भन्दै काँग्रेस अछामका सभापति भरतकुमार स्वारले धन्यवाद दिँदै अगामी दिनमा समेत सर्वसम्मत नेतृत्व चयनका लाग्न आग्रह गर्नुभएको छ ।

एक वडाबाट कम्तिमा १६ जना प्रतिनिधि छनौट भएका व्यक्तिले अछामका दश स्थानीय तह, चार प्रदेशस्तर, दुई निर्वाचन क्षेत्र र एक जिल्ला कार्यसमितिको नेतृत्व छनौट गर्ने छ । अछाममा जिल्ला कार्यसमिति निर्वाचनका क्रममा लगभग १५ सय जना प्रतिनिधि सहभागी हुने आँकलन गरिएको छ । नेपाली काँग्रेस अछाममा ११ हजार बढी क्रियाशील सदस्यता रहेको बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -