Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:५९:०३ बिहान
- ADVERTISEMENT -

कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने

प्रकाशित मिति: २०७८ भदौ २८, सोमबार

649
Shares

काठमाडौँ, भदौ २८ गते । नेपाली काँग्रेसको केन्द्रीय पदाधिकारीमा अब कोषाध्यक्षबाहेक अन्य सबै पदमा निर्वाचनकै माध्यमबाट पदाधिकारी निर्वाचित हुने भएका छन् । पार्टीमा अब एक जना सभापति, दुई जना उपसभापति, दुई जना महामन्त्री र आठ जना सहमहामन्त्री रहने छन् ।
विगतमा उपसभापति, एक जना महामन्त्री, सहमहामन्त्रीलगायतको पदमा सभापतिले मनोनीत गर्ने गरिएकोमा पार्टीको १४औँ महाधिवेशनबाट अब कोषाध्यक्षबाहेक सबै पदाधिकारी महाधिवेशन प्रतिनिधिबाटै निर्वाचित भएर आउने विधानमा उल्लेख छ ।

पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले मुख्य पदमा निर्वाचनबाट पदाधिकारी चयन हुनुपर्ने कार्यकर्ताको आवाजलाई विधानबाट सम्बोधन गरेर कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो । काँग्रेसका लागि यो पहिलो पटकको परीक्षण भएकाले यसका आधारमा आगामी दिनमा नयाँ नीतिगत व्यवस्था गर्न सकिने उहाँको भनाइ छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टीको १४औँ महाधिवेशनमा पार्टीले थप गरेका सबै पदमा निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको बताउनुुभयो । पदाधिकारीमा काँग्रेसले यस पटक आठ जना सहमहामन्त्रीको व्यवस्था गरेको छ । १३औँ महाधिवेशनबाट एक जना मात्र मनोनीत सहमहामन्त्रीको व्यवस्था गरिएकोमा यस पटक आठवटै पद निर्वाचित हुने प्रावधान राखिएको छ । काँग्रेसको विधानमा महिला, आदिवासी/जनजाति, दलित, मधेसी, खसआर्य, थारू, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक/एक जना गरी आठ जना सहमहामन्त्री निर्वाचित गर्ने प्रावधान छ । दस वर्ष निरन्तर काँग्रेसको क्रियाशील सदस्य भएका सम्बद्ध क्षेत्रका केन्द्रीय महाधिवेशन प्रतिनिधिले सहमहामन्त्रीको चयन गर्ने छन् ।
सहमहामन्त्रीको पदलाई समावेशिताका आधारमा निर्वाचन गर्ने व्यवस्था काँग्रेसले पहिलो पटक कार्यान्वयनमा ल्याउँदैछ ।
विशेषगरी निर्वाचनबाट प्रभावशाली व्यक्तिहरू निर्वाचित हुन सक्ने भए पनि यसले नीतिगत खालको समस्यासमेत ल्याउन सक्नेतर्फ पनि आफूहरू सजग रहेको जनाइएको छ । खासगरी गरी धेरै पदाधिकारीमा निर्वाचन हुँदा धेरै गुट उपगुटमा सिर्जना हुन सक्ने चिन्ता थपिएको उहाँ बताउनुहुन्छ ।

काँग्रेसको विधानमा कम्तीमा पन्ध्र वर्ष निरन्तर क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट केन्द्रीय सभापति निर्वाचित हुने प्रावधान छ । त्यसैगरी कम्तीमा १० वर्ष निरन्तर काँग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट निर्वाचित गरेका दुई जना उपसभापति र दुई जना महामन्त्री चयन हुने प्रावधान छ ।

१४औँ महाधिवेशनमा नयाँ प्रावधान कार्यान्वयनमा लगिएसँगै काँग्रेसको पदाधिकारीको सङ्ख्या १४ पुगेको छ । यसअघि निर्वाचित र मनोनीत गरेर काँग्रेसको पदाधिकारीको सङ्ख्या पाँच जनाको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -