Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:५३:४२ राति
- ADVERTISEMENT -

नेपाली कांग्रेसको १४ औ अधिबेशन महामन्त्री उम्मेदवार : प्रदीप पौडेल

प्रकाशित मिति: २०७८ भदौ २८, सोमबार

667
Shares

काठमाडौं, सोमबार, २८ भाद्र २०७८ । नेपाली कांग्रेसको १३औं अधिवेशनमा प्रदीप पौडेल १ हजार ७०९ मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएका थिए । विद्यार्थी आन्दोलनबाट आएका उनी तेस्रो धार भनिएको कृष्णप्रसाद सिटौला समूहबाट विजयी बनेका थिए । १३ औं महाधिवेशनकै प्यानललाई निरन्तरता दिँदै १४ औं महाधिवेशनमा आफू पार्टी महामन्त्रीको उम्मेदवार बन्ने उनी बताउँछन् । पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंश :

महामन्त्रीको उम्मेदवारी घोषणा गर्न गाह्रो भइरहेको अवस्था हो ?

म क्रियाशील सदस्यता छानबिन समितिमा सदस्य थिएँ । अहिले समिति नरहे पनि हामीले सचिवालयलाई सहयोग गरिरहेका छौं । क्रियाशील सदस्यता विवाद टुंगिएपछि र वडाहरुमा अधिवेशन भइसकेपछि उम्मेदवारी घोषणा गर्छु । औपचारिक रुपमा घोषणा नभए पनि म महामन्त्रीमा उठ्दैछु भनेर सबैलाई थाहा छ । २–४ दिनभित्रै घोषणा पनि गर्छु ।

प्रतिस्पर्धीहरुको अवस्था हेरेर उम्मेदवारी घोषणाको निर्णय गर्ने हो ?

त्यसरी कुरिरहेको होइन । सबै जिल्लाका वडामा अधिवेशन भएपछि उम्मेदवारी दिउँला भन्ने हो । आफूलाई महामन्त्रीको स्वभाविक उम्मेदवार सम्झिएर, नेपाली कांग्रेसलाई समग्र ढंगबाट सच्याउने, प्रभावकारी ढंगले पार्टी गतिविधि सञ्चालन गर्ने योजनासहित मैदानमा आउँछु ।

अघिल्लो महाधिवेशनमा सफलता मिलेन, यसपालि यो धार स्थापित हुन्छ त ?

सीमित घेराबाट पार्टी बन्दैन, नेतृत्व सफल हुँदैन । त्यसैले कांग्रेसभित्र वैचारिकी निर्माण गर्ने, कमजोरी हटाएर आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने, राष्ट्रिय मुद्दाहरु उठाउने र त्यसको नेतृत्व गर्ने परिस्थिति निर्माण गर्न हामी लागिरहेका छौं ।

एउटा व्यक्ति पदमा आउनेभन्दा पनि उसले के विचार बोकेको छ ? उम्मेदवारी केका लागि हो ? अहिलेको स्थिति र समस्यालाई कसरी समाधान गर्छ भन्ने कुरा महत्वपूर्ण हो । नेतृत्व र पार्टीका साथीहरुसँग छलफल गरेर, एजेण्डामा आफूलाई जोडेर उम्मेदवारी दिन्छु । एउटा मियो समाउनै पर्ने, हिजोदेखिकै समूहबाट प्रतिनिधित्व गर्नुपर्ने अवस्था भयो ।

यो महाधिवेशनबाट तेस्रो धार र तेस्रो पुस्ता जबर्जस्त रुपमा उदाउँछ । यो महाधिवेशनले युवा खोज्छ, धेरै पदमा नयाँ अनुहार ल्याउँछ । कांग्रेसमा केही नयाँ हुनेवाला छ ।

कांग्रेसको महाधिवेशनमा पुस्ता हस्तान्तरणको विषय जोडतोडले उठ्छ तर नेतृत्व र पदाधिकारी पुरानै दोहोरिन्छन् । यो महाधिवेशनबाट परिवर्तन सम्भव छ ?

१४औं महाधिवेशनबाट पुस्तान्तरण हुने निश्चित छ । यो महाधिवेशनले तेस्रो पुस्तालाई पदाधिकारी र केन्द्रीय समितिमा ल्याउँछ ।

उमेरकै हिसाबले सुविधा पाउनुपर्छ भन्ने होइन अब कसले के विचार बोकेर ल्याएको छ भन्ने कुराले महत्व पाउँछ । एजेण्डा, सम्भावना र समयको माग अनुसार छनोट हुन्छ ।

यसका आधारहरु के–के देख्नुभयो ?

अहिले प्रतिनिधित्व पनि पहिलेभन्दा धेरै छ । त्यसमा पनि युवाको आकर्षण बढेको छ । समावेशी पनि बन्दै गएको छ । समाजका विभिन्न पक्षलाई जोड्ने परिस्थिति कांग्रेसभित्र विकास भइरहेको छ । वडा तहकै निर्वाचनले पनि सुखद् संकेत दिइरहेको छ । त्यहाँबाट क्षेत्रीय प्रतिनिधि भएर आएकाहरुको अनुहारले शुभसंकेत दिइरहेको छ ।

पार्टीमा परम्परागत गुट र मनोविज्ञान हाबी हुने भएकोले परिवर्तन त्यति सजिलो हुँदैन । तर, अहिले युवाको संख्यात्मक प्रतिनिधित्व ज्यादा देखिएको छ । तल्लो तहमा युवा हुँदैमा नेतृत्वमा पनि पुग्छन् भन्ने नहोला, तर आशा गर्ने ठाउँ दिएको छ । क्षेत्रीय प्रतिनिधि बनेर आएका युवाले छान्ने महाधिवेशन प्रतिनिधि युवा नै हुने सम्भावना बढी हुन्छ । महाधिवेशन समितिमा त्यही युवापुस्ताको बाहुल्यता भयो भने केन्द्रीय नेतृत्वमा पनि युवा प्रतिनिधि बढ्छ ।

तपाईंले राजनीति शुरु गर्दा स्थापित भइसकेका नेताहरु पनि छन्, प्रतिस्पर्धा कस्तो होला ?

नेतृत्वमा आँट गर्न नसकेको तर कार्यकारी भूमिका चाहेको व्यक्तिले महामन्त्रीमा प्रतिस्पर्धा गर्ने कुरा स्वभाविक हो । पार्टीमा योगदान गरेको, गर्न सक्ने विश्वास बोकेको पात्र नै उम्मेदवार बन्ने हो । आफूलाई प्रभावकारी भूमिकामा उभ्याउने, म भोलि नेतृत्वमा आउने हो है भन्नका लागि पनि महामन्त्रीको दाबेदार हुनु स्वभाविक हो ।

उम्मेदवारी दिने सबै नेताप्रति मेरो श्रद्धा, आदरभाव छ । तर, नेतृत्व उमेरको होइन, एजेण्डाको आधारमा हुनुपर्छ । धेरै वर्ष झोला बोक्दैमा वा युवा हुँ भन्दैमा नेता भइँदैन । अहिलेको समस्या पहिचान गरेर समाधान दिन र परिवर्तनलाई आत्मसात गर्न सक्नेहरु नेतृत्वमा आउनुपर्छ ।

महामन्त्रीका अरु उम्मेदवार पनि एकसे एक हुनुहुन्छ, युवा पनि हुनुहुन्छ । यो प्रतिस्पर्धामा जसले जिते पनि कांग्रेसले जित्ने हो । व्यक्ति को आयो भन्दा पनि कस्तो व्यक्ति आयो र अब कांग्रेस कस्तो होला भन्ने कुरा मुख्य हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -