Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२६:४४ बिहान
- ADVERTISEMENT -

गृहमन्त्री खाँणले नेकपा एमालेलाई वार्तामा आउन आह्वान

प्रकाशित मिति: २०७८ भदौ २७, आइतबार

363
Shares

काठमाडौं, आइतबार, २७ भाद्र २०७८ । गृहमन्त्री बालकृष्ण खाँणले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई वार्तामा आउन आह्वान गरेको छ । संवाद, छलफल र वार्ताको माध्यमबाट संसदमा देखिएको समस्या समाधानका लागि वार्तामा आउन एमालेलाई आग्रह गरेका हुन् ।

आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा गृहमन्त्री खाँणले भने, ‘म आग्रह गर्नु चाहन्छु, भएका मतभेदहरुलाई सुल्झाएर जाउँ । आज पनि सभामुखले बोलाउनुभयो, कानून मन्त्री र प्रतिपक्ष दलका माननीयहरुबीचमा संवाद भयो तर सहमति जुट्न सकेको छैन । भोलि पनि सभामुखले सबै दलका नेताहरुलाई बोलाउनु भएको छ । र, विश्वास गरौं, भोलि समस्या समाधान हुन्छ ।’

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि आपत्ति जनाउँदै एमालेले प्रतिनिधिसभा बैठक आइतबार तेस्रो दिन पनि अवरुद्ध पारेको छ ।

सभामुख सापकोटाले आइतबार पनि नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईसहितका सांसदहरुसँग अवरुद्ध संसद सुचारु गराउन आग्रह गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -