गोरखा, आइतबार, २७ भाद्र २०७८ । आसन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा गोरखा जिल्ला क्षेत्र नं २ (ख) बाट प्रदेश सभापतिमा शेखर ढकालले उमेद्वारी घोषणा गर्नु भएको छ ।
नेपाली कांग्रेसको राजनितिक इतिहासमा बुद्धि सागर ढकालले नेपालको इतिहासमा राजनीति परिवर्तनका लागि ठुलो भूमिका रहेको थियो ।
बि स २०१८ साल माघ २४ गते नेपाली कांग्रेसको निर्देशनमा चितवनको माडीस्थित वघौडा चौकीमा आक्रमण गर्ने क्रममा बुद्धि सागर ढकालको परिवार सर्वस्व हरण भएको परिवार हो ।
नेपाली कांग्रेसको राजनिति यात्रा अगाडी बढाउन महत्वपुर्ण भूमिका निर्वाह गर्दै क्रियाशील बुद्धि सागर ढकालको छोरा लोक प्रसाद ढकाल पार्टीको हरेक कार्यक्रमा सहभागी जनाउदै पार्टीले जिम्मा दिएको हरेक कार्यलाई जिम्मेवारीका साथ महत्वपुर्ण भूमिका निर्वाह गर्दै योगदान दिनु भएको थियो ।
बुद्धि सागर ढकालको नाती, लोक प्रसाद ढकालको छोरा शेखर ढकाल आमा बाबाको प्ररणाबाट सानो उमेरदेखि नै नेपाली कांग्रेसमा क्रियाशील रहनु भयो ।
स्कूले जीवनदेखि ने बि संघमा आबद्द भएर गोरखा जिल्ला क्षेत्र नं २ को ने बि संघमा सचिवको रुपमा महत्वपुर्ण जिम्मेवारी बहन गर्दै ८ वर्ष सचिव भएर कार्य सम्पादन गर्नु भयो ।
उमेर बढे संगै राजनीतिक यात्रामा आफुले जानेको कुरा अरुलाई सिकाउदै र अग्रजबाट महत्वपुर्ण कुरा सिक्दै सिकाउदै फेरी पार्टीको क्षेत्रिय सह सचिवको रुपमा पाच वर्ष कार्य गर्नु भएको थियो ।
सानो उमेरमा पार्टीको विभिन्न कार्यक्रममा सहभागिता जनाउदै, आफुले जानेको कुरा अरुलाई पनि सिकाउदै अधि बढ्नु भएका ढकाल केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विभागको केन्द्रीय सदस्य हुनु भयो ।
प्रदेशवासी वडा सभापति, क्षेत्रीय प्रतिनिधी तथा समस्त अग्रजहरुको साथ, समर्थन र सहयोगको आशा गर्दै नेपाली कांग्रेसको विचार, सिद्धान्त, नैतिक मुल्य र मान्यतालाई आत्मसात गर्दै निरन्तर राजनैतिक प्रतिवद्धता, प्रत्यक्ष संलग्नता र पुर्णकलिन लगनशीलताको समिक्षा गर्दै नेपाली कांग्रसको १४ औं महाधिवेशनमा गोरखा जिल्ला क्षेत्र नं २ (ख) बाट प्रदेश सभापतिमा उमेद्वारी घोषणा गरेको शेखर ढकालले बताउनु भयो ।








































