Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१७:३१ बिहान
- ADVERTISEMENT -

तीन जिल्लाको जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बैठक बस्दै

प्रकाशित मिति: २०७८ भदौ २७, आइतबार

462
Shares

काठमाडौं, भदौ २७ गते । काेराेना सङ्क्रमणकाे जोखिम र जारी निषेधाज्ञाको मूल्याङ्कन गर्न उपत्यकाका तीन जिल्लाको जिल्ला कोभिड व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक छुट्टाछुट्टै बस्ने भएको छ ।

काठमाडौं र भक्तपुर जिल्लाको आज बेलुका ३ बजे बैठक बस्दै छ भने ललितपुरको बैठक आज सम्भावना न्यून रहेको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले बताउनुभएको छ ।
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जारी निषेधाज्ञाको अवस्था मूल्याङ्कनसहित असोज १ गतेबाट विद्यालय कसरी खोल्न सकिन्छ भन्ने सन्दर्भमा बैठक बस्न लागेको बताउनुभयो । जारी निषेधाज्ञामा स्वास्थ्य मापदण्डको पालना नभएको ,भीडभााड निकै बढेको अवस्थामा अब कस्तो कदम चाल्ने भन्ने सन्दर्भमा पनि छलफल गरिने उहाँको भनाई छ ।

यता भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले निषेधाज्ञामा गरेको प्रयासहरुकाे प्रभावकारिताका विषयमा ,काेरोना सङ्क्रमणको वर्तमान अवस्था र विद्यालय सञ्चालन गर्न सकिने या नसकिने भन्ने विषयमा बैठक बस्न लागेको जनाउनुभयो ।

यस्तै ललितकपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले डीसीसीएमसीको बैठक भोलि बस्न सकिने बताउनुभएको छ । आज बेलुकाका लागि समय तय भएको भए पनि उच्च अदालतको बैठक रहेको कारण आज बस्ने सम्भावना न्यून रहेको उहाँले बताउनुभयो । भोलि बस्ने बैठकमा मुख्यतया विद्यालय खोल्ने सन्दर्भ उठिरहेकाले स्थानीय तहको पूर्वतयारी,निषेधाज्ञाको प्रभावका विषयमा नै केन्द्रित रहेर छलफल गरीने उहाँले बताउनुभयो ।

विद्यालय खोल्नका लागि पूर्वतयारी पर्याप्त मात्रामा नपुगेको र बालबालिकाहरु पनि विद्यालयमा सुरक्षित भएर उपस्थित हुन सक्ने अवस्था नदेखिएकाले तत्काल विद्यालय खोल्ने सम्भावना न्यून रहेको उहाँ बताउनुहुन्छ । तर स्थानीय तहहरुको सुझावका आधारमा यसको निर्णय गरिने उहाँ बताउनुहुन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -