Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:३१:३३ बिहान
- ADVERTISEMENT -

सामाजिक सञ्जालको पेजमा हुने गरेका टिप्पणीका लागि समाचार माध्ययम जिम्मेवार

प्रकाशित मिति: २०७८ भदौ २७, आइतबार

507
Shares

एजेन्सी । अष्ट्रेलियाको उच्च अदालतले समाचार माध्यमहरुका फेसबुक वा अन्य कुनै सामाजिक सञ्जालको पेजमा प्रतिक्रियाका लागि आधिकारिकता मान्ने भएको छ । एक घटनाको बारेमा फैसला सुनाउँदै उच्च अदालतले फेसबुक या अन्य कुनै पनि सामाजिक सञ्जालको पेजमा हुने गरेका टिप्पणीका लागि पनि समाचार माध्ययम जिम्मेवार हुने बताएको हो ।

सन् २०१६ मा एक किशोर डायलन बलरलाई हिरासतमा भएको दुव्र्यवहार एक टिभी रिपोर्टमा देखाइएको थियो । ती तस्विरहरुलाई लिएर देशभर ठूलो मद्दा बनाइएको थियो । त्यसपछि नर्दन टेरिटरी राज्यमा किशोर कैदीहरुका साथ दुव्र्यवहार जाँच भएको थियो ।

यो घटनामा सञ्चार माध्यमहरुले धेरै समाचार र लेख छापेका थिए । यो धेरै सामग्री सामाजिक सञ्जालमा पनि पोस्ट भएको थियो । ती पोस्टहरुमा पाठकहरुले धेरै टिप्पणी गरेका थिए । सन् २०१७ मा बलर हिरासतबाट रिहा भए र उनले कतिपय समाचार माध्यमहरुलाई मानहानीको मुद्धा हाले ।

बलरले आफ्नो मुद्धामा सिड्नी मर्निङ हेराल्ड र न्यूज कार्प, स्काई न्यूज अष्ट्रेलियालाई सामाजिक सञ्जालमा पोस्ट भएका टिप्पणीका आधारमा मुद्धा हालेका थिए । लगभग चार वर्षसम्म चलेको यो मुद्धामा मिडिया कम्पनीहरुले सामाजिक सञ्जालमा भएको टिप्पणीप्रति आफूहरु कुनै जिम्मेवार नभएको बताएका थिए ।

सन् २०१९ मा न्यू साउथ बेल्स राज्यको सर्वोच्च अदालतले मिडियाका ती भनाईलाई खारेज गर्दै कम्पनीहरुका विरुद्ध फैसला गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -