Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:५३:०७ बिहान
- ADVERTISEMENT -

यस वर्ष औसतभन्दा ८ प्रतिशत बढी वर्षा

प्रकाशित मिति: २०७८ भदौ २६, शनिबार

395
Shares

काठमाडौं, शनिबार, २६ भाद्र २०७८ । मनसुनी प्रणाली बाहिरिन अझै करिव १२ दिन बाँकी रहे पनि यस वर्ष नेपालमा औसतमा भन्दा ८.५ प्रतिशतले बढी पानी परेको छ । मौसम विश्लेषण शाखाका प्रमुख इन्दिरा कँडेलका अनुसार शुक्रबार विहानसम्म १५२१.८ मिलिमिटर पानी परेको छ ।

मनसुनी समयमा औसतमा १४०२.९ मिलिमिटर पानी पर्नुपर्ने भए पनि मनसुन बाँकी छँदै १०८.९ मिलिमिटर बढी पानी परेको उहाँले बताउनुभयो । यता धेरै पानी परिसकेकाले शुक्रबारदेखि ठूलो पानी पर्ने सम्भावना नभएको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । भारी वर्षाको अवधि लगभग सकिएको छ, अव देशका केही भागहरुमा सामान्य वर्षा मात्र हुने पौडेलले जानकारी दिनुभयो ।

जल तथा मौसम विज्ञान विभागले देशभरका क्षेत्रगत रुपमा समेटिएका मुख्य मुख्य २० वटा स्टेशनबाट ३० वर्षको अवधिलाई तुलना गरेर औसत वर्षाको मापन गर्दै आएको जनाएको छ । यस वर्ष २० स्टेशन मध्य धरान, लुम्ले र दाङमा औसत वर्षा हुन सकेको छैन भने अन्य १७ वटा स्टेशनमा भने औसत भन्दा बढी वर्षा भएको विभागले जनाएको छ ।

औसत रुपमा सेप्टेम्बर २३ अर्थात असोज ७ गते सम्मलाई मनसुन अवधि मान्ने गरिन्छ । यो साता काठमाडौंमा पाँच वर्ष यताकै सबैभन्दा धेरै पानी परेको महाशाखाले जनाएको छ । यस वर्ष जेठ २८ गतेबाट मनसुनी प्रणाली भित्रिएको थियो । यो अघिल्लो वर्षभन्दा दुई दिन अघि हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -