डडेल्धुरा, शुक्रबार, २५ भाद्र २०७८ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा वडा अधिवेशन सुरु भएको छ ।
निर्वाचन अधिकृत लोकेन्द्र बमका अनुसार जिल्लाका ५२ वडा मध्ये २५ वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।
२७ वडामा मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिँदै छ । जिल्ला सभापती कर्ण मल्ल पक्षको वहिस्कारका बीच अधिवेशन जारी छ । सभापति मल्ल, उपसभापति करुणकर भट्ट लगायत भने अधिवेशन प्रक्रियामा सामेल भएका छैनन् । मल्ल पक्षले यथास्थितिमा निर्वाचन प्रक्रियामा माग लिने अडान दिएपछि विवादकै बीच अधिवेशन सुरु भएको देखिन्छ ।
सो पक्षले क्रियाशील सदस्यता विवाद टुंग्याउनु पर्ने र केन्द्रले खटाएको निर्वाचन अधिकृत स्वीकार्य नहुने बताएको छ । जिल्ला कार्यसमितिले क्रियाशीलका लागि ५ हजार ८ सय ४ जनाको नामावली पठाएकोमा छानबिन समितिले ४ सय ४४ जनाको नाम हटाइदिएको छ। तर, आफू अनुकूलका ३ सय १२ जना थपिएको हुँदा विवादको अवस्था बनेको जिल्ला सभापति मल्लले बताएका छन्।








































