Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२१:०१ बिहान
- ADVERTISEMENT -

गोरखा कांग्रेस पालिका अधिवेशन, भिमसेनथापामा कसले मार्ला बाजी ?

प्रकाशित मिति: २०७८ भदौ २५, शुक्रबार

560
Shares

गोरखा, शुक्रबार, २५ भाद्र २०७८ । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनको माहोल ततिदै जाने क्रममा भाद्र २७ गते नेपाली कांग्रेसको पालिका स्तरीय अधिवेशन हुँदैछ । १८ गते वडा अधिवेशन सकेका कांग्रेस नेता कार्यकर्ता पालिका अधिवेशनमा होमिएका छन् ।

उमेद्धवारका आकांक्षी केन्द्रिय र जिल्ला स्तरका नेता सँगको भेटघाटमा ब्यस्त छन् । दुईवटा नगर र आठ वटा पालिकाको अधिवेशनमा सबैको ध्यान केन्द्रित गराएको छ ।

गोरखा नगरपालिकामा यस अघि सभापति रहेको चन्दनबाबु खत्री, गोरखा नगरपालिका ३ का प्रबिण तिवारी र वडा नम्बर १२ मा कांग्रेसबाट वडा अध्यक्ष निर्वाचित डिलबहादुर थापाले सभापती बन्ने इच्छा देखाएका छन् । खत्री पुन अर्को कार्यकाल नगर सभापति बन्ने योजनामा लबिङ गरिरहेका छन् भने थापा आफु बन्ने दौडमा छन् ।

सिरानचोक गाउँपालिकामा वडा अध्यक्ष ज्ञानेन्द्र गुरुङ, बिर बहादुर गुरुङको चर्चा छ । भक्त बहादुर गुरुङ, जयकृष्ण ढकालले पनि सिरानचोक गाउँपालिकाको पार्टी सभापतिमा उमेद्धवारी दिने बताएका छन् ।

पालुङटार नगरपालिकामा अमर धिताल र बिमल ढकालले प्रतिषप्रर्धा गर्ने चर्चा छ । धिताल नेपाल विद्यालय संघको राजनीति गर्दै गत स्थानीय निर्वाचमा कांग्रेसबाट वडा नम्क्बर १० का उमेद्धवार समेत बनेका थिए ।

ढकाल यस अघिको समितिका सचिव हुन् ।

चुमनुब्री गाउँपालिकामा सुर्य गुरुङ, धार्चे गाउँपालिकामा सन्तोष गुरुङ र गण्डकी गाउँपालिकामा होमबहादुर गुरुङको चर्चा छ । यी तीनवटा पालिकामा प्रतिद्धन्धी हालसम्म देखिएका छैनन् ।

आरुघाट गाउँपालिकामा राजु गुरुङ र ज्ञानप्रसाद श्रेष्ठको चर्चा छ । सबैभन्दा धेरै आकांक्षि भिमसेन थापा गाउँपालिकामा छन् । वडा अध्यक्षहरु नारायण भट्टराई, बासु थापाको चर्चा छ । यस्तै सानुकाजी बानियाँ, कृष्णबहादुर बानियाँ, बिदेश नरालको नाम पनि गाउँपालिका पार्टी सभापतिमा आउने गरेको छ ।

शहीदलखन गाउँपालिकामा वडा नम्बर ८ का अध्यक्ष काशिनाथ अम्गाई, मदनप्रसाद लम्साल, श्रीकृष्ण ढकाल, भिमप्रसाद पोखरेलले इच्छा जाहेर गरेका छन् ।

अजिरकोट गाउँपालिकामा जंगबहादुर गुरुङ र तयाराज गुरुङको चर्चा छ । यी दुबै जना वडा अध्यक्ष हुन् ।

बारपाक सुलिकोट जितबहादुर घले, कृष्ण गुरुङ, केसरी ढकालको चर्चा छ ।

गुरुङ वडा अध्यक्ष हुन् भने घले यस अघि पनि पार्टीको पालिका स्तरीय समितिको सभापति हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -