काठमाडौं, सागर बाबू भट्ट, शुक्रबार, २५ भाद्र २०७८ । गोरखा जिल्ला प्रतिनिधि सभा क्षेत्र नं १ प्रदेश ‘ख’ बाट सभापति पदमा गोरखाको भिमसेन थापा २ निवासी ठाकुर प्रसाद भट्टले उम्मेदवारी दिनु भएको छ ।
नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा गोरखा जिल्ला प्रतिनिधि सभा क्षेत्र नं १ प्रदेश ‘ख’ बाट सभापति पदमा उम्मेदवारी दिनु भएको छ । १०८ औ बि पि जयन्ती को अबसर मा आफ्नो उम्मेदवारी घोषण गर्नु भएको हो ।
ने बि संघ सिद्दकालि नि मा बि ०५४, स-सचिब दुल्लभ मा बि ०५५, ने बि संघ सदस्य, ०५८देखि ०६४ सम्म सरस्वति क्याम्पस ठमेल काठमाडौं इकाइ सदस्य सहसचिब हुँदै उपाध्यक्षमा आफ्नो महत्वपूर्ण जिम्मेवारी पुरा गर्नु भएको थियो ।
त्यसैगरी, ने बि संघ गाेरखाकाे सह सचिब, उपाध्यक्ष , ने बि संघ स्कुल अभियान समिति गाेरखाकाे संयाेजक, नेपाली कांग्रेस गाेरखा क्षेत्र नं ३ काे ०६७ क्षेत्रिय उपसभापति र नेपाली कांग्रेस जिल्ला कार्यसमिति र कार्यसम्पादन समिति गाेरखाकाे ०७२ देखि सदस्य हुँदै उहा राजनीतिक यात्रामा निरन्तर हुनुहुन्छ ।








































