Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१८:४२ बिहान
- ADVERTISEMENT -

डडेलधुरामा सुरु भयो नेपाली काँग्रेस वडाअधिवेशन

प्रकाशित मिति: २०७८ भदौ २५, शुक्रबार

615
Shares

डडेलधुरा, भदौ २५ गते । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा नेपाली काँंग्रेसको वडा अधिवेशन सुरु भएको छ ।

जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले निवार्चन निर्देशिका विपरित वडा अधिवेशन स्थगनको एक लौटी सूचना गरेको थियो । तर, केन्द्रीय निर्वाचन समितिले जिल्ला सभापतिलाई निर्वाचन स्थगित गर्ने अधिकार नरहेको भन्दै सार्वजनिक तालिका अनुसार निर्वाचन प्रक्रिया अगाडि बढाएको हो । तालिका अनुसार आज बिहान ८ः ३० बजेबाट ५२ वटै वडामा अधिवेशन सुरु भएको छ ।

क्रियाशील सदस्यताको विषयलाई लिएर जिल्ला सभापति मल्ल समूहले निर्वाचन अधिकृत लोकेन्द्र बममाथि कार्यसमितिको बैठकमै हातपात गरेपछि डडेल्धुरा कांग्रेसमा किचलो सुरु भएको थियो । मल्ल समूहले विपक्षि समूहमा अन्य नेतामाथि समेत नियोजित आक्रमण गर्दा विवाद थप बल्झिएको एक नेताले जानकारी दिए ।

‘५२ वटै वडामा निर्वाचन सुरु भएको छ’ निर्वाचन अधिकृत लोकेन्द्र बमले भन्नुभयो–धेरैजसो स्थानमा निर्बिरोध क्षेत्रीय प्रतिनिधि चयन भइसकेको जानकारी मतदान अधिकृतले दिएका छन् ।

सभापति मल्लले जिल्ला अधिवेशन भाड्न खोजे पनि उहाँकै समुहका धेरैजसो नेताले साथ दिएका छैनन् । मल्ल खेमा रहेका अधिकांश नेताले वडामा अधिवेशनको प्रक्रियामा भाग लिएका छन् । दुबै समुहका केही नेता क्षेत्रीय प्रतिनिधिमा सर्वसम्वत चयन भइसकेको जानकारी मतदान अधिकृतले दिएका छन् ।

‘सबैतिर उत्साहका साथ वडा अधिवेशन सुरु भएको छ ’ नेपाली कांग्रेस संगठन विभागका केन्द्रीय सदस्य शेरबहादुर भण्डारीले भन्नुभयो– ‘हामीले निर्वाचन समितिको निर्णय र कार्यतालिका अनुसार जाने हो, ब्यक्ति को भन्छ भन्ने ठूलो कुरा भएन ।’

जिल्लामा अधिकांश भातृ तथा शुभेच्छुक संगठनले हिजै विज्ञप्ति निकालेर निर्वाचन प्रक्रियामा सहभागी हुन आह्वान गरेका थिए । काँग्रेसकै केही नेताहरुले डडेल्धुरामा अधिवेशन प्रक्रिया रोक्न निर्वाचन समितिलाई दवाव दिएका थिए । तर, समितिले कुनै व्यक्तिको निहीत स्वार्थमा अधिवेशन नरोकिने जनाउँदै प्रक्रिया अघि बढाएको हो । जिल्ला सभापति मल्ल समुहले भने निर्वाचन प्रक्रियामा आफूहरुको असहमति रहेको जनाएको छ ।

अधिवेशन प्रक्रिया सुरु भएसँगै डडेल्धुराका कांग्रेस कार्यकर्ता उत्साहित भएका छन् । एक मात्र प्रनिधिनि सभा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा पाँच हजार ६ सय ४३ क्रियाशील सदस्य रहेको निर्वाचन समितिले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -