Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३०:२७ बिहान
- ADVERTISEMENT -

इलाम कांग्रेस सभापतिमा खड्काको उम्मेद्वारी घोषणा

प्रकाशित मिति: २०७८ भदौ २२, मंगलबार

701
Shares

इलाम, मंगलबार, २२ भाद्र २०७८ । कांग्रेस नेता डम्बर खड्काले नेपाली कांग्रेस इलामको सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् । सदरमुकाममा पत्रकार सम्मेलन गरेर खड्काले कांग्रेसको आसन्न १४औं महाधिवेशनमा जिल्ला सभापतिको उम्मेद्वारी घोषणा गरेका हुन् । खड्का १३औं महाधिवेशनमा पनि सभापतिमा उठेका थिए ।

खड्काले जिल्ला सभापतिसहित प्यानलै घोषणा गरेका छन् । खड्काको टिमबाट क्षेत्र नम्बर १ को सभापतिमा भीष्म प्रधान र २ बाट मनबहादुर बुढाथोकीले सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् । प्रदेश निर्वाचन क्षेत्रीय सभापतिमा भने खड्काको टिमबाट उम्मेद्वारी घोषणा भएको छैन ।

त्यस्तै, पालिका सभापतिमा समेत खड्काको टिमबाट उम्मेद्वारी घोषणा भएको छ । इलाम नगरपालिकामा अमृतकुमार श्रेष्ठ, सूर्योदय नगरपालिकामा सोनामकाजी लेप्चा, माई नगरपालिकामा हेमराज लिम्बू, सन्दकपुर गाउँपालिकामा तुलाराम गुरुङ, माइजोगमाई गाउँपालिकामा राजेश देवान, माङसेबुङ्गमा अम्बरबहादुर राईले सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् ।

बाँकी पालिकामा सहमतिको प्रयास भइरहेकाले अहिले सभापतिको उम्मेद्वार घोषणा नभएको खड्काले जानकारी दिए । सहमति नभए आफ्नो टिमबाट उम्मेद्वारी दिने उनको भनाइ छ । जिल्ला समितिको अन्य पदाधिकारीमा मातहतको कमिटीको निर्वाचन भइसकेपछि उम्मेद्वारी घोषणा हुने बताइएको छ ।

खड्काले आफूले पहिलो चरणमै सभापति जित्ने दाबी गरे । ‘पहिलो चरणमै ५१ प्रतिशत आउँछ,’ उनले भने, ‘मलाई सभापति चाहने धेरै प्रतिनिधि आएका छन् ।’ इलामका ८१ वडाभध्ये ५२ वडा सभापति आफ्नो आफ्नो पक्षमा रहेको खड्काको दाबी छ ।

इलाममा कांग्रेसको सभापतिका लागि चारजना आकांक्षी छन् । खड्कासहित वर्तमान सभापति हिमालय कर्मचार्य, पूर्वसभापति केशव थापा र भेषराज आचार्य सभापतिका आकांक्षी हुन् । बाँकी तीनजनाले भने उम्मेद्वारीको औपचारिक घोषणा गरेका छैनन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -