काठमाडौं, सोमबार, २१ भाद्र २०७८ । काठमाडौंमा बाढीका कारण तीन सय ८२ घर डु’बानमा परेका छन् । एक सय ३८ जनालाई प्रहरीले उ’द्धार गरेको छ ।
गएरातिदेखि परेको वर्षाका कारण खोला किनारका बस्ती डु’बानमा परेका हुन् । ती बस्तीका बासिन्दा जोखिममा परेपछि प्रहरीले उ’द्धार गरेर सुरक्षित स्थानमा लगेर राखेको हो ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र डु’बानमा परेका छन् ।
एसएसपी सिंहका अनुसार मानवीय क्षति भने भएको छैन ।








































