Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:३०:४७ बिहान
- ADVERTISEMENT -

ओखलढुंगा कांग्रेस अधिवेशन : ६८ वडामा सहमति, एउटामा निर्वाचन

प्रकाशित मिति: २०७८ भदौ २०, आइतबार

612
Shares

ओखलढुंगा, २० भाद्र २०७८ । नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत वडा अधिवेशनका क्रममा ओखलढुंगाका ७५ मध्ये ६८ वडामा नयाँ नेतृत्व चयन भएको छ । जसमध्ये ६७ मा सहमति र एउटामा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो ।

अहिलेसम्म सात वडामा सहमति नहुँदा समिति घोषणा भएको छैन । निर्वाचनभन्दा सहमतिमै नेतृत्व चयन गर्न सबै पक्षको जोडबल भए पनि दाबेदार धेरै भएकाले छलफल जारी रहेको नेताहरुले बताएका छन् । चिशंखुगढी–५ मा भने निर्वाचन भएको कांग्रेस उपसभापति तेजेन्द्र खनालले जानकारी दिए ।

अधिवेशन सकिएका वडाहरुमा क्षेत्रीय प्रतिनिधिहरुसमेत चयन भइसकेका छन् । कतिपय वडामा नेताहरुको दबाबमा आफन्त र परिवारका सदस्यलाई प्रतिनिधि बनाएको भन्दै विरोध भएको छ ।

एउटा वडामा महिला वडासभापति

सुनकोसी गाउँपालिका–७ बाट ३३ वर्षीया सपना खत्री कांग्रेस वडासभापति निर्वाचित भइन् । उनी निर्विरोध भएकी हुन् । जिल्लाका केही वडाको अधिवेशन सम्पन्न हुन बाँकी छ । हालसम्म निर्वाचित भएका वडासभापतिमा सपना एक्ली महिला हुन् । वडा अधिवेशनमा सपनासँगै अन्य ६ जनाले पनि वडासभापतिमा दाबी गरेका थिए ।

‘महिलालाई कोटामा मात्रै सीमित गराउने होइन, अर्थपूर्ण सहभागिता पनि गराउनुपर्छ भनेर वडासभापतिमा दाबी गरेँ,’ सपनाले भनिन्, ‘जसले गर्दा सर्वसम्मत निर्वाचित भएँ ।’ सपना वडा नं ७ को वडा सदस्यसमेत हुन् । उनी गाउँपालिकाको कार्यपालिका सदस्यसमेत छिन् । उनले अग्रजहरुको सुझावलाई मनन् गरेर पार्टीलाई अब्बल बनाउने बताइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -