Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:३०:१३ बिहान
- ADVERTISEMENT -

भक्तपुरमा ३८ मध्ये २७ वडाको नेतृत्व चयन

प्रकाशित मिति: २०७८ भदौ १९, शनिबार

641
Shares

भक्तपुर, १९ भाद्र २०७८ । नेपाली कांग्रेसले भक्तपुरमा भक्तपुरमा ३८ मध्ये २७ वडाको नेतृत्व चयन गरेको छ ।

चार वटा स्थानीय तह भएको जिल्लामा ३८ वडा छन् । भक्तपुर नगरपालिकामा नौ, चाँगुनारायण नगरपालिकाका पाँच, मध्यपुर थिमि नगरपालिकामा पाँच र सूर्यविनायक नगरपालिकाको आठ वटा वडामा नेतृत्व छनोट गरिएको हो ।

नेपाली कांग्रेस भक्तपुरका जिल्ला सदस्य एवं अभिलेख शाखा प्रमुख सुशील बस्नेतका अनुसार सूर्यविनायक नगरपालिकाका १० वटा वडामध्ये १, २, ४, ५, ६, ७, ८ र ९ मा सर्वसम्मत चयन भएको जनाएको छ। जुन क्रमशः सुरुज मिस, कृष्णभक्त श्रेष्ठ, पवन न्यौपाने, राजु ढुङ्गेल, राजेन्द्र ट्वाटी, जगदिश बस्नेत, बच्चुराम थापा र गोकुल खत्री सभापति चयन भएका छन् । ३ र १० मा भने चुनाव हुने भएको उनले बताए ।

चाँगुनारायण नगरपालिका ४, ५, ६, ८ र ९ मा पनि सर्वसम्मत सभापति चयन भएका छन्। मध्यपुरथिमि नगरपालिकाका २, ३, ५, ८ र ९ मा पनि सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ।

भक्तपुर नगरपालिकाको नौवटा वडामा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ । १० वटा वडामध्ये नौ वटामा सर्वसम्मत चयन भएको हो। भक्तपुर नगरपालिका कांग्रेसका नगर प्रमुख रामप्रसाद कासुलाले १० वटा वडामध्ये नौ वटा वडामा सर्वसम्मत सभापति चयन भएका जानकारी दिए ।

भक्तपुर नगरपालिका १, २, ४, ५, ६, ७, ८, ९ र १० वडामा सर्वसम्मत सभापति चयन भएको कासुलाले बताए । जसमा क्रमश: रुपेश धौवञ्जार, बद्री केदार दुवाल, ऋषि केशव तिमिला, नारायणप्रसाद तमुख, केशव दुवाल, वीरेन्द्र कर्मचार्य, राजन ढिंग्री, तिलकमान श्रेष्ठ र कृष्णकुमार सुवाल सभापतिमा चयन भएका छन् । वडा नम्बर ३ मा भने चुनाव हुने सम्भावना रहेको कासुलाले बताए ।

भक्तपुरका बाँकी रहेका ११ वडामा पनि सर्वसम्मतिका लागि प्रयास भइरहेको उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -