गोरखा, शुक्रबार, १८ भाद्र २०७८ ।गोरखाको भिमसेन थापा गाउँपालिका वडा न ५ बगुवामा कुबिर पौडेल सभापतिमा निर्बिरोध निर्वाचित हुनु भएको छ ।
लामो समयदेखि कृयाशील रुपमा कांग्रेसको महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै बगुवा सम्पर्क समिति उप-सभापतिको महत्वपुर्ण जिम्मेवारी बहन गर्दै उहाँ तरुण दल गोरखा बगुवा, अध्यक्ष, ह्वाइट हाउस इन्जिनियरिङ कलेज बि संघ अध्यक्ष, तरुण दल गोरखा क्षेत्र -०१ प्रदेश ‘ख’ संयोजक, नेपाल तरुण दल गण्डकी प्रदेश सदस्य र नेपाल तरुण दल गोरखा-क्षेत्र ०१ क्षेत्रिय उपाध्यक्षमा महत्वपुर्ण जिम्मेवारी बहन गर्दै आउनु भएको छ ।









































