Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५८:२८ बिहान
- ADVERTISEMENT -

प्राकृत्तिक विपत्तिमा परेका नागरिकको जीवनको रक्षाका लागि तत्काल कार्य गर्न निर्देशन

प्रकाशित मिति: २०७८ भदौ १७, बिहीबार

507
Shares

काठमाडौं, १७ भाद्र २०७८ । गृहमन्त्री बालकृष्ण खाँणले कास्की, तनहुँ र दाङका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरी जिल्लामा भएका घटनाबारे जानकारी लिनुभएको छ ।

आज बिहीबार उहाँले कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यसँग लगातारको वर्षातपछिको पहिरोले पुर्‍याएको क्षतिबारे जानकारी लिनुभएको हो ।

यस्तै दाङमा बिहीबार बिहान भएको कार दुर्घटनाबारे प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङसँग जानकारी लिनुभएको छ ।

मन्त्री खाँणले प्राकृत्तिक विपत्तिमा परेका नागरिकको जीवनको रक्षाका लागि उपलब्ध स्रोत साधनको उपयोग गरेर काम गर्न निर्देशन दिनुभयो ।

तनहुँका प्रमुख जिल्ला अधिकारी आचार्यले मन्त्री खाँणले टेलिफोनमा जिल्लाको भानु नगरपालिका–११ मानेचौकामा गएको सुख्खा पहिरोबारे जानकारी लिनुभएको बताउनुभएको छ । आचार्यका अनुसार बुधबार गएको सुख्खा पहिरोबाट दलित परिवारका १२ घर जोखिममा परेका छन् । उनीहरूलाई सुरक्षित स्थानमा सारिएको उनले जानकारी दिए । ती परिवारका लागि अस्थायी टहरा बनाउने काम सशस्त्र प्रहरीले गरिरहेको उनको भनाइ छ ।

यसैगरी कास्कीका प्रमुख जिल्ला अधिकारी गौतमले पोखरा महानगरपालिका–२० र ११ मा गएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको जानकारी दिए । पहिरोमा परी एक जना बेपत्ता भएका छन् ।

पहिरोले पुर्दा ढलानका दम्पती कृष्ण श्रेष्ठ र सुन्तली तामाङको मृत्यु भएको गौतमले जानकारी दिए । उनका अनुसार उनीहरूका छोरा सन्तोष श्रेष्ठ बेपत्ता छन् । यस्तै पोखरा महानगरपालिकाकै वडा नम्बर ११ नमुना टोलमा पहिरोले पुर्दा ४२ वर्षीय लक्ष्य नेपाली, ४० वर्षीय विष्णु सार्की र उनका छोराको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिए । पाँच जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । बेपत्ताको अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरिरहेको छ ।

दाङमा सिस्ने खोलाले प्रदेश ३–०१–०२४ च ४४४० नम्बरको कार बगाउँदा घोराही उपमहानगरपालिका–१५ का विमला केसी र राधा कुँवर तथा घोराही–१३ का नितामाया पुन र सुशीला श्रेष्ठको नि´धन भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । कार चालक नरबहादुर पुन घाइते भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -