काठमाडौं, बिहिबार, १७ भाद्र २०७८ । जारी शहीद स्मारक ‘सी’ डिभिजन लिगको समूह ‘एल’ अन्तर्गत परेको एमयूएफसी विजयचोक युवा क्लबले सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडलाई आफ्नो इन्स्योरेन्स पार्टनर घोषणा गरेको छ ।
सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड सामान्य बीमा उद्योगमा नेपालकै पहिलो विदेशी संयुक्त कम्पनी हो । बिगत पच्चीस वर्षदेखि यस कम्पनीले आफ्नो ग्राहकहरु लाई भौतिक घाटाबिरुद्ध सुरक्षा र बीमासंग सम्बन्धित सबैभन्दा राम्रो सेवाहरु प्रदान गर्दै आएको छ ।
सगरमाथा इन्स्योरेन्स कम्पनीसँगको साझेदारीको बारेमा कुरा गर्दै बिजयचोक युवा क्लबका प्रबन्धक बिबेक थापा भन्छन्, ‘खेल र चोटपटक एउटै सिक्का को दुई पाटा हुन्, मैदान मा उत्रिसकेपछि जुनसुकै खेलाडिलाई सानोठुलो इन्जुरी हुन सक्छ। सगरमाथा इन्स्योरेन्स सँगको हाम्रो साझेदारीले खेलाडीहरुमा बोझ कम भएको र यसले उनीहरुको आत्मविश्वास पनि बढाएको महसुस भएको छ । सम्पूर्ण टीम यस्तो विश्वसनीय खेल बीमा योजना को लागी आभारी छ।’
एमयूएफसी विजयचोक युवा क्लब बीमा उद्योगबाट एक ठूलो नाम आकर्षित गर्न सफल भएको छ। आगामी दिनहरुमा नेपाली फुटबल डिभिजनको सीढी चढ्ने लक्ष्य राखेका अन्य क्लबहरुको लागि यो एक सकारात्मक संकेत हो।









































