काठमाडौं, बुधबार, १६ भाद्र २०७८ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ ।
यसअघि स्थगित परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचना मार्फत जानकारी दिएको छ ।
यसअघि कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण २ पटक स्थगित गरिएको थियो ।








































