काठमाडौं, १५ भाद्र २०७८ । सत्तारूढ गठबन्धनमा आबद्ध दलहरुबीच भएको छलफल विना निष्कर्ष टुङ्गिएको छ ।
मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक आजै अर्को बैठक बस्नेगरी सकिएको हो । यद्यपी, बैठकको समय भने तोकिसकिएको छैन ।
बैठकमा मन्त्रिपरिषद् विस्तार र दलहरूले पाउने मन्त्रालयबारे टुङ्गो लगाउने बारे छलफल भए पनि निर्णय नभएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । अबको बैठकमा पार्टीका सभापति तथा अध्यक्षहरू मात्र बस्ने निर्णय भएको हो ।
आज बेलुकासम्ममा टुङ्गो लगाएर भोलि मन्त्रिपरिषद्लाई पूर्णता दिने देउवाको तयारी छ ।








































