Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५०:४२ बिहान
- ADVERTISEMENT -

अफगानिस्तानबाट उद्धार गर्न बाँकी रहेका सबै नेपाली आज रातिसम्म अफगानिस्तान छाड्दै

प्रकाशित मिति: २०७८ भदौ १५, मंगलबार

423
Shares

काठमाडौं,१५ भाद्र २०७८ । अफगानिस्तानबाट उद्धार गर्न बाँकी रहेका सबै नेपाली आज रातिसम्म अफगानिस्तान छाड्दैछन ।

अफगानिस्तानले आजसम्मका लागि उद्धारको समय दिएकाले सबैलाई त्यहाँबाट उद्धार गरिसक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार अफगानिस्तानमा रहेका सबै नेपाली सम्भव भएसम्म आजै काठमाडौं आइपुग्ने छन । त्यसो हुन नसके अफगानिस्तान छाडेर अन्य देशमा गएर बस्नेछन्।

अफगानिस्तनाबाट हालसम्म ८ सय २८ जना नेपाली नागरिकहरु स्वदेश फर्किसकेका छन्। अब झन्डै दुई सय नागरिकहरु उद्धारको पर्खाइमा रहेका छन्। स्वदेश फर्किएका नेपाली नागरिकहरुलाई कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार आवश्यक परीक्षण गरी आवश्यक व्यवस्थापन गरिएको छ।

परराष्ट्र मन्त्रालयले उद्धारका लागि प्रतीक्षारत एवम् अफगानिस्तानमा रहेका र नेपालमा रहेका परिवारजन वा आफैँले पनि कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टल तथा उपलब्ध भएका मोबाइल नम्बरहरूमा सम्पर्क गर्न आग्रह गरेको छ।

हालसम्म स्वदेश फर्किएका सबै नेपाली नागरिकहरु सरकारको सहयोगमा नभइ व्यक्तिगत पहलमा आएका हुन । सरकारले अफगानिस्तानमा अप्ठेरोमा परेका नेपाली नागरिकलाई सबैखाले उद्धार गरेको दाबी गर्दै आए पनि समन्वयात्मक भूमिका मात्रै खेलेको प्रष्ट भएको छ।

दुतावास, सम्बन्धित नियोग र विदेशी संघ संस्थाको पहल र आर्थिक सहयोगमा नेपाली नागरिकहरु स्वदेश फर्किएका हुन । कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीका प्रवक्ता नुरहरि खतिवडाले परराष्ट्र मन्त्रालयको संयोजकत्वमा गठित समितिले समन्वय गरेर सबै दुतावास, सम्बन्धित नियोग, विदेशी संघ संस्था मार्फत उनीहरु स्वदेश आएका जानकारी दिए। उनकाअनुसार सरकारले समन्वयात्मक भूमिका खेले पनि आर्थिक सहयोग भने गरेको छैन्।

झण्डै दुई हप्ताअघि अफगानिस्तानमा विद्रोही संगठन तालिवानी लडाकुले सत्ता कब्जा गर्दा भएको हमलामा अन्य देशका नागरिकसँगै त्यहाँ रहेका नेपालीहरु पनि प्रभावित भएका थिए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -