Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:५८:१५ बिहान
- ADVERTISEMENT -

२४ घण्टामा देशभर बाढीपहिरोबाट ७ जनाको मृ’त्यु, ७ बेप’त्ता

प्रकाशित मिति: २०७८ भदौ १२, शनिबार

334
Shares

काठमाडौं, शनिबार, १२ भाद्र २०७८ । पछिल्लो २४ घण्टामा देशका बिभिन्न जिल्लामा गएको बाढी पहिरोबाट ७ जनाको मृ’त्यु भएको छ भने ७ जना बे’पत्ता भएका छन्।

प्रहरीकाअनुसार मृत्यु हुनेमा नवलपरासी पश्चिममा दुई, रुपन्देही, कैलाली, दाङ, उदयपुर र ललितपुरमा एकरएक जना रहेका छन्। यस्तै बेपत्ता हुनेमा नवलपरासी पूर्वमा तीन, नवलपरासी पश्चिम, रुपन्देही, कैलाली र ललितपुरमा एकरएक जना छन्।

मृत्यु हुनेमा पाँच पुरुष र दुई महिला छन्। यस्तै बेपत्ता हुनेमा पाँच महिला र दुई पुरुष छन्। नवलपरासी पश्चिममा मृत्यु हुनेमा रामग्राम नगरपालिका–१८ पम्फापुरका विनोद पाशी र उनका १३ वर्षीय छोरा प्रदिप पाशी छन्। घरमा पहिरो गएपछि छिमेकीको घरमा जाने बेला पानीले डुबेर बाबुछोराको मृ’त्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार यादवकाअनुसार घट्ना शुक्रबार बिहानको हो। विनोदको १० वर्षीया छोरी बेपत्ता भएकी र उनको खोजीकार्य भइरहेको यादवले जानकारी दिए। यस्तै रुपन्देहीको ओमसतिया गाउँपालिका–४ रोहिणी खोलाले बगाएर ५५ वर्षीया परमेश्वर कर्णको शुक्रबार दिउसो मृत्यु भएको छ।

रुपन्देहीमै तिनाउ खोलामा आएको बाढीले सम्मरीमाई गाउँपालिका–३ बस्ने २३ वर्षीय बब्लु लोधलाई बगाई बेपत्ता बनाएको प्रहरीले जनाएको छ। मलामी गएका दाङको दंगीशरण गाउँपालिका–१ बाकी का ५० वर्षीय बामदेव देवकोटाको बबई नदीले बगाउँदा मृ’त्यु भएको छ। शुक्रबार बिहान मलामी गएको बेला नुहाउने क्रममा उनलाई बबई नदीले बगाउँदा मृ’त्यु भएको प्रहरीले जनाएको छ। उनको श’व करिब पाँच सय मिटर तल स्थानीले फे’ला पारेका थिए।

यस्तै ललितपुरको बागमती गाउँपालिका–६ आश्राङ र वडा नम्बर ७ गिम्दीको संगमस्थल शुभाने खोलामा शुक्रबार बाढीले बगाउँदा स्थानीय ४० वर्षीया सञ्जु सिङतान रहेको मृ’त्यु भएको छ। उनीसँगै खोलाले बगाएकी ९ बालिका युनिसा बम्जन बेपत्ता भएको महानगरीय प्रहरी वृत चापागाउँले जनाएको छ।

यस्तै कैलालीको लम्कीचुहा नगरपालिका–६ चरेलास्थित गुलरा नदीले बगाउँदा सोही ठाउँ बस्ने ९५ वर्षीया फुपिया थारुको मृत्यु भएको छ। लुगा धुँदै गरेकी थारूलाई अचानक खोलामा आएको बाढीले बगाएको जिल्ला प्र’हरी कार्यालय कैलालीका प्रवक्ता प्र’हरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। बाढीले बगाएर करिब ७ किलोमिटर पर पुर्या्एको अवस्थामा थारुको श’व फेला परेको विष्टले बताए।

धनगढी उपमहानगरपालिका–३ का २८ वर्षीय पुरन राना कञ्चनपुरदेखि कैलाली आउने क्रममा मोहोना नदीमा बगेर बेपत्ता भएका छन्। घरमा रंग लगाउने काम गर्न दुईजना साथीसँग कञ्चनपुर गएका राना बेलुकी फर्किने क्रममा नदीले बगाएर बे’पत्ता भएका हुन्।

प्रहरीकाअनुसार उदयपुरमा पहिरोले पुरेर एक बालकको ज्यान गएको छ। कटारी नगरपालिका–२ मिलन चोकका पोष्टबहादुर मगरको ७ वर्षीय छोरा कर्ण मगरको पहिराले पुरेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयकाअनुसार घर नजिकै आमखहरे खोलामा खेल्न गएका कर्णलाई माथिबाट आएको पहिरोले पुगेर गम्भीर घाइते तुल्याएको थियो। उनलाई उपचारका लागि कटारी अस्पताल ल्याउँदै गर्दा बाटैमा मृ’त्यु भएको प्रहरीले जनाएको छ।

अझैं भेटिएन हजुरआमासहित दुई नातिनीको श’व

नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकामा पहिरोमा परी वे’पत्ता भएका तीनजना अझै भेटिएका छैनन्। हुप्सेकोट–४ माथिल्लो चार घरेकी ४० वर्षीया धनमाया पुलामी र उनका दुई नातिनीहरू करिब सात वर्षीया भुमिसरा पुलामी र ६ वर्षीया देउमाया पुलामी बेपत्ता रहेको प्र’हरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले बेपत्ताको खोजी जारी रहेको बताए । ‘हिजो दिनभरको प्रयासले पहिरोमा पुरिएको मोटरसाइकल मात्रै निकाल्न सकियो’ मल्ले भने,‘हातले पहिरो पन्छाउन सम्भव छैन, स्काभेटर जाने ठाउँ नभएर पहिरोमा पुरिएकाहरुको खोजी गर्न अफ्ठेरो भइरहेको छ।’

बिहीबार दिनभर मा राति करिब २ बजे गएको पहिरोले ५० वर्षीय हस्तबहादुर पुलामीको घर पूर्णरूपमा क्षति भएको हो। पहिरोमा हस्तबहादुरलाई पुरेको थियो। उनको स्थानीयले तत्काल उद्धार गरी नजिकैको विद्यालयमा राखेका थिए। उनलाई उपचारको लागि मध्यविन्दु जिल्ला अस्पतालमा लगिएको छ ।

पहिरोमा परी बेपत्ता भएको थाहा पाए लगत्तै स्थानीयसहित सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेका छन् प्रहरीले बताएको छ। बाढीपहिरो र डुवानका कारण देशका बिभिन्न ठाउँमा सडक, घरहरु भत्किएका छन् भने तराईका जिल्लामा सयौ घरहरु डुवानमा परेका छन्। थुप्रै धनमालको क्षति भएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -