काठमाडौं, ११ भाद्र २०७८ । माननीय गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आज गृहमन्त्रालयमा चारवटै सुरक्षा निकायका पदाधिकारीसहितको बैठक बसेको छ ।
आज शुक्रबार दिउँसो ३ बजे देखि गृहमन्त्रालयमा चारवटै सुरक्षा निकायका पदाधिकारीसहितको बैठक बसेको हो ।
वर्षाका कारण आएको बाढी–पहिरो र त्यसले पुर्याएको क्षति, त्यसपछिको राहत र उद्दारका विषयमा छलफल गर्न बैठक बसि देशभर अविरल बर्षापछि आएको बाढी, पहिरो र डुवानको अवस्था र त्यसले पुर्याएको क्षतिबारे माननीय गृहमन्त्री खाणले जानकारी लिनुभयो र विपद व्यवस्थापन प्राधिकरण र मन्त्रालयको विपद व्यवस्थापन महाशाखा तथा चारै सुरक्षा निकायका प्रतिनिधिलाई मन्त्रालयमा डाकेर आवश्यक सुरक्षा सतर्कता, उद्धार, उपचार, राहत वितरण र पुनर्स्थापना कार्य तत्काल अगाडि बढाउन निर्देशन दिनुभएको छ ।
साथै, अबरुद्ध राजमार्गमा सवारी साधन संचालनको लागि अन्य बैकल्पिक उपाय अपनाउन पनि निर्देशन दिनुभएको छ ।








































