Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:१६:३६ बिहान
- ADVERTISEMENT -

अविरल वर्षाका कारण सिन्धुलीका मुख्य र ग्रामीण सडक अबरुद्ध

प्रकाशित मिति: २०७८ भदौ ११, शुक्रबार

291
Shares

सिन्धुली, ११ भाद्र २०७८ । गएराती देखिको अविरल वर्षाले सिन्धुलीका मुख्य र ग्रामीण सडक अबरुद्ध भएका छन । ठाँउ ठाँउमा पहिरो जाँदा स्थानीयका घरहरु समेत जोखिममा परेका छन ।

काठमाडौं जोडने बिपि राजमार्गको बर्दिवास–सिन्धुली खण्डअन्तर्गत भिमान क्षेत्रका खहरेहरूमा आएको बाढीले ढुंगासहितको चोकर थुपार्दा राजमार्ग अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

बीपी राजमार्गका ठाँउ ठाँउका खहरेहरूमा बाढीले ल्याएको गेगरका कारण आज बिहानदेखि सडक अवरुद्ध भएको प्रहरीको भनाइ छ । बिपि राजमार्गको फिटिङ्ग क्षेत्रमा रुख सहितको पहिरो खसेर राजमार्ग अबरुद्ध भएकाले रुख काटने मेसिन सहित अहिले प्रहरी परिचालन गरिएको सिन्धुली प्रहरीका प्रबक्ता डिएसपी मनोज लामाले जानकारी दिए ।

डिएसपी लामाका अनुसार कमलामाइ नपा ४ र ७ का केही स्थानीयका घर पहिरोका कारण जोखिममा परेको छ । ४ नम्बर वडाको चिसापानी झोरा र ७ नम्बर वडाका केहि स्थानीयको घर माथी बाट पहिरो खस्दा जोखिममा परेको प्रहरीले बताएको छ ।

जिल्ला स्थित खोला निकट क्षेत्रका केही बस्ती समेत बाढीका कारण जोखिममा परेको सूचना पाएपछि आज बिहानैदेखि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । बीपी राजमार्गमा आधा दर्जन बढी ठाँउमा खहरे पर्छन ।

प्रहरीका अनुसार ती सबैमा खहरेमा बाढि आएकाले यातायात संचालनमा समस्या भएको छ । बाढीले सडकमै चोकर र बालुवा थुपारेका कारण साना ठुला सबै सवारीलाई गुड्न समस्या पारेको छ । अहिले सडक अबरुद्ध छ । अहिले दुईटा मेसिन मार्फत चोकर हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

उता मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड पनि अहिले अवरुद्ध छ । गोलन्जोर र फिक्कल गाउँपालिकामा आधा दर्जनभन्दा बढी ठाउँमा सानाठूला पहिरो खसेर कारण लोकमार्ग अवरुद्ध बनेको स्थानीयले जानकारी दिएका छन ।

यता मदन भण्डारी राजमार्गको सिन्धुलीमाडी–हरिहरपुरगढी खण्डमा समेत पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । निरन्तर बर्षाले हरिहरपुर गढी स्थित हाक्पारा नेर पहिरो खसेकाले उक्त सडक अवरुद्ध भएको हो ।

प्रहरी प्रवक्ता लामाले नागरिक खबरलाई सिन्धुलीको बर्षा बारे प्रतिक्रिया दिंदै भने, “अहिलेसम्म मानवीय क्षतीको खबर छैन तर तीन वटै राजमार्ग भने अबरुद्ध छन ।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -