ललितपुर, शुक्रबार, ११ भाद्र २०७८ । ललितपुरको महालक्ष्मी नगरपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ ।
महालेखाको ५८ औं वार्षिक प्रतिवेदन अनुसार ललितपुरमा महालक्ष्मी नगरपालिकाको बेरुजु २ दशमलव ३४ प्रतिशत रहेको छ ।
महालक्ष्मी नगरपालिकाका नगर प्रमुख रामेश्वर श्रेष्ठले खर्च पारदर्शितामा विशेष ध्यान दिएकाले बेरुजु कम भएको प्रतिक्रिया दिनुभयो । ‘मैले निर्वाचनका सार्वजनिक गरेको घोषणा पत्रमै खर्च पारदर्शितालाई विशेष ध्यान प्राथमिकता दिएको थिएँ,’ उहाँले भन्नुभयो, ‘आशा छ, अबका दिनमा शून्यमा झार्ने प्रयत्न हुनेछ ।’ उहाँले भन्नुभयो ।
आर्थिक प्रशासनलाई चुस्त राख्ने, वेबसाइटमा नियमित सार्वजनिक गर्नेलगायतका कामलाई विशेष ध्यान दिइएको नगर प्रमुख श्रेष्ठ बताउनुहुन्छ । लेखापरीक्षण गरिएको कुल बजेटमा ललितपुरको गोदावारी नगरपालिकामा सबैभन्दा बढी बेरुजु छ ।
महालेखा प्रतिवेदनअनुसार गोदावारीमा १० दशमलव २६ प्रतिशत रहेको छ । त्यसपछि ललितपुर महानगरपालिकामा ७ दशमलव २२, बागमती गाउँपालिकामा ७ दशमलव १७, महांकाल गाउँपालिकामा ३ दशमलव ६ र कोन्ज्योसोम गाउँपालिकामा २ दशमलव ६३ प्रतिशत रहेको छ ।









































