काठमाडौं, बुधबार, ९ भाद्र २०७८ । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर मंगलबारदेखि लिलामीमा बिक्री खुला भएको छ । कम्पनीले पाँच लाख ८३ हजार ५९८ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गर्ने भएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा कम्पनीले भदौ १६ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । उक्त सेयरको न्यूनतम मूल्य ५८० रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र भदौ १७ गते बिहान १० बजे एनएमबी क्यापिटल लिमिटेड, नागपोखरी, काठमाडौंमा खोल्ने कम्पनीले जनाएको छ ।









































