Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
१०:५४:३१ बिहान
- ADVERTISEMENT -

खेलाडी सन्तोषीको नेतृत्वमा महिला सशक्तिकरणको ‘इयरले–दिमोत्रिभा वारेन अवार्ड’ को घोषणा

प्रकाशित मिति: २०७८ भदौ ८, मंगलबार

338
Shares

काठमाडौं, ८ भाद्र २०७८ । नेपालको ग्रामिण क्षेत्रमा सामुदायिक स्वास्थ्य, शिक्षा, खेलकुद तथा माहिला सशक्तिकरणमा काम गरिरहेको संस्था द इयरले ट्रस्टले ‘इयरले–दिमोत्रिभा वारेन अवार्ड’को घोषणा गरेको छ ।

गएको १३ औं सागमा नेपाललाई एथलेटिक्समा ऐतिहासिक स्वर्ण दिलाउने राष्ट्रिय खेलाडी सन्तोषी श्रेष्ठको नेतृत्वमा घोषणा गरिएको अवार्ड महिला तथा किशोरी सशक्तिकरणका लागि योगदान दिने व्यक्ति (महिला/पुरुष) वा संस्थालाई प्रदान गरिनेछ ।

साथै वार्षिक रुपमा प्रदान गरिने यस अवार्ड विविध क्षेत्रमा उदाहरणीय कार्य गरेका महिला तथा किशोरीलाई समेत प्रदान गरिनेछ । जसमा विविधि उद्यम, खेलकुद, शिक्षा, स्वास्थ्य, अधिकार, न्याय, सेवा तथा समुदायिक क्रियाकलापमा उदाहरणीय प्रयास गरेकाहरु पर्नेछन् ।

आफ्नै तवरमा सशक्तिकरण भएका महिला तथा सशक्तिकरणमा योगदान पु¥याइरहेका जोकोही व्यक्ति वा संस्थालाई सम्मान र प्रोत्साहन गर्ने उद्धेश्यका साथ अवार्डको घोषणा गरिएको हो ।

अवार्डमा विशेष ट्रफीका साथमा नगद तीस हजार रुपैयाँ प्रदान गरिनेछ । साथै विजेताले गरिरहेको कार्यलाई थप सहज बनाउन अन्य सहायता पनि गर्ने गरी अवार्ड घोषणा गरिएको हो । पुरस्कार राशी तथा सहायता हरेक वर्ष विस्तार गरिनेछ ।

नेपालको कुनैपनि क्षेत्रमा महिला तथा किशोरी सशक्तिकरणका लागि जुनसुकै प्रकारका योगदान गर्ने जुनसुकै उमेर समूहका नेपाली नागरिकले अवार्डको लागि निवेदन वा सिफारिस गर्न सक्नेछन् । अवार्डका लागि आउँदो सेम्टेम्बरको अन्तिम (असोज १४) सम्म गुगल फारममार्फत निवेदन दिनुपर्नेछ । निवेदन फारम ट्रस्टको वेवसाइटमा उपलब्ध छ ।

ग्रामिण विकास र सशक्तिकरणमा सक्रिय इयरले ट्रस्टले धादिङको सिद्धलेख गाउँपालिकामा समुदाय स्तरमा विद्यालय सञ्चालन गरिरहेको छ । त्यस्तै सामुदायिक शिक्षा तथा बालविकास, स्वास्थ्य, खेलकुद विविध उद्यमशीलता लगायतमा तालिम तथा शिविर सञ्चालन, आवश्यक सामाग्री प्रदान, छात्रवृत्ति तथा प्रायोजन, भौतिक संरचना निर्माण, वातावरण संरक्षण गर्ने कार्य गरिरहेको छ ।

ट्रस्टको संस्थापक जोन इयरले र ट्रस्ट सदस्य डोरियाना दिमित्रोभाको सक्रियतामा अवार्ड आयोजना गरिएको हो । दुवै युरेपेली नागरिक हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -