Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२६:२६ बिहान
- ADVERTISEMENT -

काठमाडौं तेक्वान्दोमा खड्का निर्विरोध

प्रकाशित मिति: २०७८ भदौ ५, शनिबार

357
Shares

काठमाडौँ, शनिबार, ५ भाद्र २०७८ । काठमाडौं जिल्ला तेक्वान्दो संघको अध्यक्षमा अशोक खड्का ४ वर्षका लागि निर्विरोध निर्वाचित hunu भएक छन् । चावहिलस्थित केएल टावरको इम्पेरियल बैंक्युटमा शनिबार सम्पन्न जिल्ला कार्यसमितिको दोश्रो अधिवेशनले तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक खड्काको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति समेत निर्विरोध चयन गरेको छ । अध्यक्षमा खड्का बाहेक कसैले उम्मेदवारी दिएनन् ।

अध्यक्ष बाहेक सबै पदमा आवश्यक भन्दा बढीले उम्मेदवारी दर्ता गराएपनि अन्तिम समयमा सबैले उम्मेदवारी फिर्ता लिने सहमति भएपछि जिल्ला कार्यसमिति निर्विरोध चयन भएको हो ।

सरोज बाँस्कोटाले उपाध्यक्ष, गणेश तामाङले सचिव र सारदा धिमालले कोषाध्यक्षको जिम्मेवारी पाए । उपाध्यक्षमा कविराज नेगी लामा, सचिवमा टीकादत्त दाहाल र विकेश विडारी तथा कोषाध्यक्षमा विमला लामाले उम्मेदवारी दिएका थिए ।

सदस्यमा गौरव रजक, विशाल सुर्खेती, मुना खवास, प्रदीप आले मगर र कविता श्रेष्ठ चयन भए । सदस्यमा संगीता राईले पनि उम्मेदवारी दर्ता गराएकी थिइन् ।

खड्का अघिल्लो कार्यसमितिको उपाध्यक्षमा सर्वाधिक मत ल्याएर विजयी भएका थिए । नयाँ खेलकुद ऐन लागू भएपछि अघिल्लो कार्यसमितिका अध्यक्ष प्रमोद पराजुलीले राजिनामा दिएपछि खड्काले १ वर्ष कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए । नयाँ खेलकुद ऐनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कर्मचारी खेल संघमा बस्न नपाउने प्रावधान अनुसार पराजुलीले अध्यक्षबाट राजिनामा दिएका थिए ।

नवनिर्वाचित अध्यक्ष खड्काले राम्रो काम गरेर आफ्नो कार्यकाल स्मरण योग्य बनाउन प्रयासरत रहने बताउदै सबैसंग सहकार्य गर्दै तेक्वान्दोको विकास र विस्तारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले काठमाडौं जिल्लालाई देशकै नमुना जिल्ला तेक्वान्दोका रुपमा स्थापित गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

नवनिर्वाचित पदाधिकारीहरुलाई राखेपका सदस्यद्वय नन्दा बस्याल र रेणुका श्रेष्ठले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे । बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीले पदाधिकारीलाई शपथ ग्रहण गराएका थिए । त्यसअघि साधारण सभाको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेका संघीय सांसद जीवनराम श्रेष्ठले उद्घाटन गरेका थिए । उद्घाटनका अवसरमा कागेश्वरी मनोहरा नगरपालिका मेयर कृष्णहरि थापा, नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ, तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठलगायतको उपस्थिति थियो । साधारण सभामा १ सय ६५ प्रतिनिधिको उपस्थिति रहेको निर्वाचन अधिकृत तीर्थराज घिमिरेले जनाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -