काठमाडौं, शनिबार, ५ भाद्र २०७८ । मुच्चोक काठमाडौं नेपाली कांग्रेस सम्पर्क समिति गठन गरिएको छ ।

अजिरकोट गाउँपालिका काठमाडौं नेपाली कांग्रेस सम्पर्क समितिका अध्यक्ष कृष्ण प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा उक्त समिति गठन गरिएको हो ।

मुच्चोक काठमाडौं नेपाली कांग्रेस सम्पर्क समितिमा अध्यक्ष सुजन अधिकारी, उपाध्यक्ष दिपक गुरुङ, सचिव उत्तम लामिछाने, सह- सचिव सुजन देवकोटा, कोषध्यक्ष नानुका धिताल गरि पाँच सदस्यीय कमिटी गठन गरिएको छ ।










































