बासु देव न्यौपाने
काठमाडौँ, शनिबार, ५ भाद्र २०७८ । अहिले देशमा राम्रो पैसा आम्दानी हुने ठाउँ भनेको स्वास्थ्य क्षेत्रमा हो । पढाई BEd लाइसेन्स भाडामा लग्यो एउटा फार्मेसी खोल्यो, जग्गा जोड्यो , हस्पिटल बनायो, सोझासाझा जनता लुट्यो,बेलुका तिर बिरामि नि आँफै हेर्यो ।
इम्पेटिगोमा स्टेरोइड मलम दियो, टाउको दुखेको भए एन्टिबायोटिक दियो पसलमा भएका सबै औषधि भिडायो, अनि डिग्रि बिनाको डाक्टर कहलियो ।
यति मात्र होइन छोराले एचए, सीयमए पढ्छ अनि औषधी पसल खोल्छ त्यस पछि बिस्तारै बाबा,आमा,दिदी,भाइ,श्रीमती सबै डाक्टर हुन्छन हाम्रो नेपालमा ।
काउन्सिल ले पनि यस्ता च्याउ जसरि उम्रेका अस्पताललाई चेक गरे हुन्थ्यो,कि मर्ज गरे हुन्थ्यो । एच.ए ले कुन औषधि लेख्ने र कुन नलेख्ने निर्धारण गरिदिउँ । फार्मेसी खोलेर २४ सै घण्टा ईमरजेन्सी सेवा लेखेर ब्यापार बन्द गरौँ ।
जसले गर्दा यसरि मेरो बा-आमा कुनदिन paramedics Malpractice को सिकार हुन नपरोस् । काठमाडौं को Elite वर्गलाई सम्झाउन गार्हो छ ८५० को पिज्जा सस्तो तर १२ दिन देखि दुखेको छाति ५०० तिरेर डाक्टरलाई देखाउन महङ्गो । अब भौगोलिक हिसाबले विकट क्षेत्रको त के कुरा गर्नु बिरामिलाइ अस्पताल पुग्न नपाउदै मृत्युु भैसक्छ ।
मेडिकल माफियाको संजाल मा जेलिएको नेपालको स्वास्थ्य क्षेत्र निकै कहाली लाग्दो छ हरेक दिन सुन्नमा आउँछ पैसा बिना राम्रो स्वास्थ्य उपचार नपाएर कैयौं को मृत्यु भैरहेको हुन्छ अझ त पहिला पैसा डिपोजिट नगरी अस्पतालले भर्ना शुद्ध लिदैन अप्रेसन सम्म हुदैन । यो समस्याको जड गहिरो छ निकाल्न लागौँ हैन भने हाम्रा भावी सन्ततिहरु यसैको सिकार हुन्छन् ।
पहिला पहिला राष्ट्रिय समाचारपत्रमा देश बिदेशका खबर छापिन्थे दुर दराजका समस्याको समिस्टिगत रिपोर्ट आउथ्यो अहिलेका राष्ट्रिय समाचारपत्रमा पार्टिका अजेन्डा र सिद्धान्त छापिन्छ । अब सुन्नौं एउटा कहाली लाग्दो घटना जस्को उपज हो अहिलेको मेडिकल माफियातन्त्र : आफू जाजरकोटमा सामान्य बिरामी भएको खबर कामले नेपालगन्ज गएका श्रीमानलाई पुर्याउछिन ।
श्रीमानले जाजरकोट तिरै गाउको मेडिकलमा उपचार गर्ने सल्लाह दिन्छन् । निको नहुदा आफू यतै छु काखको बच्चा मात्र ल्याएर आउ यतै उपचार गरेर जाँउला भनी नेपालगन्ज बोलाउछन उनका श्रीमानले । अब बाँच्ने आशा सहित उनी घरको सबै चाँजोपाँजो मिलाई एक दुधे बालक काखमा च्यापेर एक्लै नाइट बस चड्छिन उनी । गाडीमा चिनेको मान्छे कोहि नहुदा काखको बालकलाई नै आफ्नो रात्रिकालिन यात्राको साथी अनि बिरामी अबस्थाको साहारा सम्झदै यात्रा गरिरहेकी हुन्छिन उनी । बिच बाटामा उनलाइ उल्टि हुन्छ । वरपरका सबै सिटका मान्छेहरु मस्त निद्रामा हुन्छन् ! उनी आत्तिन्छिन र काखको बच्चालाई ओल्टाइपल्टाई बिउझाउने कोसिस गर्दा पनि उ बिउझिदैन ।
उनलाई उकुसमुकुस हुन्छ र सोच्छिन कि बाटामा मलाई केही भैहाल्यो भने यो काखको छोरा ? फेरि बच्चालाई उठाउने कोशिश गर्दा गर्दै उनलाई अन्तिम अबस्थाले च्याप्दै जान्छ र अम्तिम तागतले बच्चालाई दूध चुसाउदै भोलि बिहान सम्म बाँच्न सकु र काखको छोरालाई बुबाको जिम्मा लगाउन पाउ भन्ने कामना सहित छटपटाउदा छटपटाउदै आफू सधैको लागि निदाउछिन ! बच्चा रुन थाल्छ र आसपासका सिटका मान्छेहरु बिउझेर उनलाई उठाउन खोज्दा उनी सधैको लागि निदाइसकेकी हुन्छिन ।
के हो एन्टिबायोटिक रेसिस्टेन्ट भनेको ?
पेट दुख्यो, टाउको दुख्यो, सामान्य रुघाखोकी लाग्नेबित्तिकै हामी फार्मेसी धाउँछौँ । समस्याको जरो कारण के हो ? त्यो बारेमा ठोस पहिचान नगरी औषधि पसलेले हचुवा र अनुमानको भरमा दिएको औषधिहरू हामी चकलेट, सुपारी खाएजसरी नै जथाभावी खान्छौँ । औषधि पसलेले अनुमानका भरमा दिएको औषधिले कतिको रोग निको होला तर कतिको हुँदैन, यो पक्का हो । त्यसरी औषधि खाँदा उपचारका लागि अस्पताल जानु परेन्, चिकित्सकको सल्लाह लिनु परेन । समय पनि बच्यो, डाक्टरले लिने पैसा पनि जोगियो । यसो हेर्दा कति सजिलो छ है ।
तर त्यसरी बिना चिकित्सीय परीक्षण औषधि खाँदा हामीले के कुरालाई चाहिँ भुलिरहेका हुन्छौँ भने हामीले औषधि होइन, विष खाइरहेका छौँ । किनभने, कुनै पनि औषधिले राम्रो काम गर्नका लागि चिकित्सकको सल्लाह र स्वास्थ्यको रिपोर्टअनुसार मात्रा पुर्याएर औषधि खानुपर्ने हुन्छ । मात्रा पुर्याएर खाएको औषधिले मात्रै शरीरमा रोग लगाउने किटाणु र त्यसबाट सिर्जित समस्यालाई पूर्णतः निर्मूल पार्न सक्छ ।
हो, मात्रा नपुर्याई खाइएको औषधिले पनि हामीलाई निको पारेको अनुभूति त दिन सक्छ तर वास्तवमा, त्यसले रोगलाई र रोगका कारक किटाणुलाई पूर्णतः निर्मूल भने पारिसकेको हुँदैन ।
अन्ततः हामीले आधा अपूरो खाएको त्यो औषधिले राम्ररी काम गर्न सक्दैन । अन्ततः छोटो समयको अन्तरालमै त्यो अघि देखिएको समस्या नै पुनरावृत्ति हुन सक्ने सम्भावना पनि बढेर जान्छ । अर्थात्, जुन रोग निको पार्नका लागि हामीले औषधि खाएका हुन्छौँ, त्यो रोग त निको हुँदैन, हामीले जथाभावी खाएको आधाअपूरो औषधि चाहिँ शरीरमा औषधि हैन, विष बन्न सक्छ ।
किनभने यसरी खाएको औषधिले रोग निको हुनुको सट्टा मानव स्वास्थ्यमा असर गर्छ । यो कुराको बारेमा कमैलाई जानकारी छ । रोगको पहिचानबिना खाएको औषधिले तपाईंको ज्यानसम्म जान सक्छ । कारण पछिल्लो समय औषधि धेरै खाएकै कारण औषधिले काम गर्न छाडिसकेको छ ।
यसरी एन्टिबायोटिक प्रयोग गर्दा शरीरमा एन्टिबायोटिकको मात्रा बढे पछि मानव स्वास्थ्यमा एन्टिबायोटीकले कामै गर्न सक्दैन् ।
एन्टिबायोटिकको असरको विषयमा अनुसन्धान नै नभए पनि टिचिङ अस्पतालमा हप्तामा एक दुईवटा प्यान रेसिसस्टट्यान्ड अर्थात् कुनै पनि औषधिले नछोएको बिरामी भेटिन्छन् । अन्ततः यस्ता बिरामीको निधन नै हुने गरेको छ । तसर्थ स्वास्थ्य जस्तो संबेदनसिल क्षेत्रमा व्यापारीकरण माफिया तन्त्र हाबी हुने हो भने अब आउदो पिडि स्वस्थकर जिवनयापन गर्छ सोच्नु कल्पना बाहिरको कुरा हो !! समयमै सम्यमित बन्न आवस्यक छ ।
शनिबार, ५ भाद्र २०७८ ।









































