डा. उत्तम खनाल
दुध सेतो हुँदैमा अरु सेतो रंगको गुण मिल्दैन
चिनी र हमको स्वाद गुलियो नै हुन्छ
वनावटको हिसाबले संरचना मिल्दैन
निबुवा र कागती अमिलो नै हो
त्यसमा दुवैको कुनै केमेस्ट्रि मिल्दैन
हो, दाई वितेपछि भाउजु विधवा हुन्छे
एक्लै हुँदैमा उसलाई श्रीमति भन्न मिल्दैन
सबैलाई थाहा छ,
दुनियाँका मानिस महिला र पुरुष नै हुन्
तर तिनको स्वभाव मिल्ला यौनाङ्ग मिल्दैन
त्यहि महिला आमा, छोरी, बुहारी र श्रीमति हुन्छे,
त्यहि पुरुष बाबु, छोरा र नाति हुन्छ
सम्बन्ध मिल्ला तर व्यवहार कहिल्यै मिल्दैन
भन्न के मिल्छ त अनि ?
कालोलाई सेतो र सेतोलाई कालो भन्नेहरुलाई
देश कायापलट गर्छु भन्दै पैसाका बिट्टा तान्नेहरुलाई
पदको लागि गरिब मार्दै पार्टी बनाउनेहरुलाई
धिक्कारछ तिमीहरुलाई !
तिमी महान आमाको कतै कपुत त भएनौ
घर पोलेर आगो ताप्दा
भविष्य जलाउँदै मलामी जाँदा
उतै ब्रम्हकपाली गरेर फर्के भौगो नि
भ्याए गर सोह्रश्राद्ध पुण्य मिल्ला
तर तिम्रो लागि मलामी हुँदैनन्
हो मिल्दैन, मिल्दै मिल्दैन
जिउँदै श्राद्ध गर्न मिल्दैन ।









































