काठमाडौँ, बिहिबार, ३ भाद्र २०७८ । भूतपूर्व ब्रिटिश गोर्खा संयुक्त संघर्ष समितिले तलव, भत्ता तथा सेवा, सुविधामा समानताको माग गर्दै बेलायतमा आमरण अनशन व्यक्तिहरुको जीवन रक्षाकोलागि बिहीबार राजधानीमा प्र’दर्शन गरेका छन् ।
१४ दिनदेखि ज्ञानराज राई, पुष्पा घले र धनबहादुर गुरुङ बेलायती प्रधानमन्त्री कार्यालय अगाडी आमरण अनशनमा बसेको भएपनि बेलायत सरकार र नेपाल सरकारले माग पुरा गर्न र जीवन बचाउन चासो नराखेको भन्दै संघर्ष समितिले माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।
भूतपूर्व ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका महासचिव एस.बि. घिसिङले नेपाली गोर्खालाई बेलायत सरकारले शोषण गरिरहेको बताए ।
आफूहरु समान तलव, भत्ताको लागि विगत ३२ वर्षदेखि आन्दोलनरत भएपनि नेपाल सरकार यस विषयमा नबोलेको उनले बताए । आमरण अनशनरत व्यक्तिहरुको जीवन खतरामा रहेकोले उनले जीवन रक्षाको माग पनि गरे ।
उनले भने, ‘आज हामीलाई बेलायतले शोषण गरिरहेको छ । हामीलाई तलव, भत्ता, सुविधा, पेन्सन इत्यादिमा शोषण गरिरहेको छ । यसको खिलाफमा हामीले ३२ वर्ष लामो आन्दोलन ग¥यौँ । तर नेपाल सरकारले हाम्रो कुरा कहिलेपनि सुनेन । आमरण अनशन गरेको आज १४ दिन भयो । आजसम्म पनि यो सरकार बोलेन । हाम्रो साथीहरुको ज्यान जोखिममा छ । यो निकम्मा सरकारको धेरै चालबाजी भएको छ, त्यसैले सडकमा उत्रिन बाध्य छौँ ।’








































