Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२८:०९ बिहान
- ADVERTISEMENT -

टि २० विश्वकपको खेल तालिकाः पहिलो खेलमै भारतले पाकिस्तानसँग भिड्ने

प्रकाशित मिति: २०७८ भदौ २, बुधबार

314
Shares

काठमाडौँ, २ भाद्र २०७८ । आगामी अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म यूएई र ओमानमा हुने आईसीसी टि–२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार उद्धघाटन खेलमा ओमान र पपुवा न्युगिनी भिड्दैछन् । पहिलो चरणका समूह ए, सूपर १२, सेमिफाइनल र फाइनल यूएईमा हुने छ । पहिलो चरणमा समूह बी का सबै खेल ओमानमा हुनेछन् ।

पहिलो चरणको समूह ए मा श्रीलंका, आरल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया छन् । समूह बी मा बंगलादेश, स्कटल्यान्ड, ओमान र पपुवा न्युगिनी छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर १२ मा स्थान बनाउने छन् ।

सुपर १२ को ग्रुप ए मा इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्टइन्डिजसँगै समूह ए को विजेता र समूह बीको उप विजेता रहने छन् । ग्रुप बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता र समूह ए को उपविजेताबीच प्रतिस्पर्धा हुने छ ।

भारतले पहिलो खेलमै पाकिस्तानसँग खेल्नेछ । सुपर १२ को समूह २ मा रहेको भारतले पाकिस्तानसँग अक्टोबर २४ मा प्रतिस्पर्धा गर्नेछ । भारत र पाकिस्तानबीचको खेल दुबईमा हुनेछ । पहिलो सेमिफाइनल आबूधाबी र दोस्रो सेमिफाइनल दुबईमा हुने छ । दुबईमा हुने फाइनल खेल नोभेम्बर १४ मा हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -