काठमाडौँ, १ साउन २०७८ । प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त भएका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश नम्बर २ को प्रमुखमा मिश्रलाई नियुक्त गरेकी हुन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजेश झा (अहिराज)लाई पदमुक्त गरेर महोत्तरीका मिश्रलाई नियुक्त गर्न सिफारिस गरेकाे थियाे । राष्ट्रपति भण्डारीले आज नै झालाई पदमुक्त गरेकी थिइन् ।








































